उपचारको खोजीमा साँढे दुई केजी तौल र १८ इन्च उचाइको वालक बोकेर आमा पोखरामा

दीननाथ बराल, पोखरा न्यूज – १३, भदौ । जन्मदा ९ सय ग्राम तौल भएका एक बालकको उमेर हाल एक बर्ष भयो, उनको तौल  साँढे दुई केजी छ भने उचाई  १८ इच्चको रहेको छ । पाल्पा रामपुर ढुंगनावेशीका सुकमाया परियार र भगबहादुर परियारको दोस्रो सन्तानको रुपमा रहेका गणेश परियार अन्य बालक भन्दा असामान्य छन्।

विगत तीन महिनादेखि आफ्नो छोराको उचाई र तौल बढ्न नसके पछि उनको परिवारलाई चिन्त्ता लागेको छ । ऋण धन गरी केही समय अघि करिब साँढे दुई लाख खर्च गरेर पनि गणेसको जिवनमा परिवर्तन नभए पछी  उपचारको लागि सहयोग पाउने आशामा परिवार हाल  पोखरा आएका हुन्।

गणेशलाई उनकी आमाले पोखरामा मेला, महोत्सव तथा मानिसहरु भिडभाड् हुने स्थलमा लगेर बालक देखाउदै आर्थिक सहयोग संकलन गर्ने गरेकी छन् । उनको थप उपचारको लागि करिब ३ लाख रुपैया लाग्ने अस्पताल स्रोतले जनाएसंगै आर्थिक जोहो गर्ने उद्धेश्यले आफुहरु पाल्पाबाट पोखरा आएको गणेशकी आमा सुकमायाले बताइन्।

निरास हुदै उनले भनिन् “ हामीसंग भएको केही रकम यस अघि नै बाबुको उपचारको लागि खर्च गरिसक्यौं, अस्पतालले अझै बाबुको उपचारको लागि ३ लाख माग गरेको छ त्यो रकम कहाँबाट र कसरी जुटाउन सकिन्छ, हामी जस्ता गरिब र दीःन दुखिलाई पनि यो संसारमा सहयोग गर्ने कोही हुनुहुन्छ होला नी । ”

गणेशका बाबु उमेरले ६५ बर्षका बृद्ध हुन भने आमा ४२ बर्षकी भइन्। दोस्रो विवाह गरेका भगबहादुरले ४ बर्षकोे जेठो छोरालाई पालन पोषण गर्न पनि दैनिक जसो सिलाईकटाइको काम गर्नै पर्छ ।

वुटबलको लुम्बिनी अस्पतालमा छोराको उपचार भएको बताएकी सुकमायाले छोरा बढ्ने र मोटाउने क्रम रोकिएकोले त्यसको उपचार गर्न ३ लाख खर्च लाग्ने अस्पताल श्रोतले जनाएसंगै रकम अभाव भएर पोेखरामा आएको जनाइन्। पोखराको रत्नचोकमा कोठा भाडामा लिएर बस्न थालेकी सुकमायाले सहयोगी दाताहरु समक्ष सहयोग गर्न आग्रह गरेकी छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button