पोखरामा लागूऔषधसहित ३ जना पक्राउ

पोखरा न्यूज – १४, भदौ । पोखरामा शनिबार लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

नाईट्रोभ्याट १० नामको १ सय २० चक्की ट्यावलेट सहित पोखरा -९ महेन्द्रपुलबाट १ युवती र २ पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा -१० रामबजारका ४६ बर्षीय सुवास गुरुङ र २२ बर्षिया युवती आशा गुरुङ एवम् लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ ताघ्रिङ घर भई पोखरा – ११ रानीपौवा बस्ने वर्ष २१ को युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

ग १ च ४८६५ नम्बरको  कारमा सवाररत रहेका उनीहरुमाथि शंका लागी चेकजाँच गर्ने क्रममा महेन्द्रपुलमा खटिएको प्रहरी टोलिले कार चालक सुवासको साथमा रहेको झोलाबाट लागूऔषध सहित ९६ हजार ४ सय ५० रुपैया फेलापारेको प्रवक्ता केसीले बताए ।

कार सहित उनीहरु  तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button