पोखरामा प्रथम मेयर कप बास्केटबल प्रतियोगिता शुरु

दीननाथ बराल, पोखरा न्यूज – १४, भदौ । पोखरामा प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता शनिबारदेखि पोखरामा शुरु भएको छ । पोखरा रगंशालामा शनिबार प्लस टु तर्फ ५ र स्नातक तह तर्फ एक गरी ६ खेल सम्पन्न भएको छ ।

शनिबार भएको प्लस टु छात्रातर्फको उद्घाटन खेलमा लिटिलस्टेप माविले पोखरा किण्डर गार्डेनलाई -२ को स्कोरमा पराजित गदै विजयी शुरुवात गरेको छ । प्लस टु तर्फकै छात्र तर्फको खेलमा ग्लोवल कलेजियटले सगरमाथ माविलाई १५-८ को स्कोरटले पन्छायो । पोखरा माविले सोसियल पब्लिक स्कुललाई ४१–२० को स्कोरमा पराजित गर्यो ।

कुमुदीहोम्स माविले र डायमण्ड बोर्डिङलाई वोकओभर दिएसंगै डायमण्डले सहज जित दर्ता गर्यो । माउण्ट अन्नपुर्ण माविले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजलाई ४५-२८ को स्कोरमा पन्छायो । त्यसै गरी शनिबार स्नातक तह छात्र तर्फ भएको खेलमा पोखरा लिङकन कलेजले पृथ्बीनारायण क्याम्पसको टोलीलाई ७२-३८ को स्कोरले पराजित गर्यो ।

यसैबिच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगिताको उद्घाटन गदै गुरुयोजना बनाएर अगाडी बढन खेलसंग आबद्ध संघसस्थाहरुलाई आग्रह गरेका छन् । खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद तालिम केन्द्र स्थापना गर्न र त्यसको वातावरण सृजना गर्ने उनले आग्रह गरे ।

प्रतियोगिता संयोजक नारायणप्रसाद शर्माले पोखरामा पछिल्लो समय बढदो बास्केटबलको लोकप्रियतालाई बुझेर प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा हिसान कास्कीका अध्यक्ष डा रामजी शर्मा, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङ, संघका सदस्य अर्जुन परियार लगायतले बोलेका थिए ।

बास्केटबल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले कास्की जिल्ला बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा कक्षा १० सम्मको लागि मावि स्तरिय र कक्षा ११ र १२ को लागि अर्को इभेण्टमा स्नातक तह तर्फ छात्र र छात्राको बास्केटबलमा ८८ टिमको सहभागीता रहेको छ ।

प्रतियोगितामा ४० बर्ष माथि उमेर समुहका लागि भेट्रान्स तर्फको प्रतिस्पर्धा समेत भएको छ । कक्षा १० सम्मको लागि विजेता छात्र÷छात्राको टिमलाई जनही १० हजार उपविजेतालाई ७ हजार प्रदान गरिने भएको छ । त्यसैगरी मावि स्तरिय कक्षा ११ र १२ तथा स्नातक तर्फको छात्ररछात्रा तर्फको विजेतालाई जनही १५ हजार र उपविजेतालाई ८ हजार प्रदान गरिने भएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा महानगरपालिकाको मुख्य प्रायोजनमा, क्षेत्रिय एवं जिल्ला खेलकुद विकास समिति तथा नेपाल बास्केटबल संघको विशेष सहयोगमा प्रतियोगिता भएको अध्यक्ष गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button