तनहुँमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ३ घाइते

पोखरा न्यूज – १५, भदौ । तनहुँमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।

आइतवार  शुक्लागण्डकी नगरपालिका बेलचौतारामा खैरेनिटारबाट दुलेगौँडा तर्फ आउदै गरेको ग १६ प ८४०० नंम्बरको स्कुटरलाई सोहि दिशाबाट आउदै गरेको बा ७५ प ७५०५ नंम्बरको मोटरसाइकलले ठक्कर दिदा तीनजना घाइते भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा  स्कुटर चालक स्थानीय  २० बर्षीय सुदर्शन थापा, मोटरसाइकल चालक सिन्दुपाल्चोकको मेलम्ची नगरपालिका-५ का  ३७ बर्षीय  बिनोद पुरी र पछाडी सवार वर्ष ३३ कि सरला कुमारी रोका घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घाइतेहरुलाई  उपचारका लागि स्थानीय अस्पताल तर्फ पठाइएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button