तनहुँमा ट्र्याक्टरको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

पोखरा न्यूज – १५, भदौ । तनहुँको भीमाद नगरपालिका–७ बैदारचौतारामा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँ बस्ने १० वर्षीय युनिक विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु४त १४५० नंको ट्र्याक्टरले पैदलयात्री विकलाई ठक्कर दिँदा घाइते भएका बालकको स्थानीय हरि मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

ट्र्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button