पोखरामा असोज महिना भित्र १० हजार सिट क्षमताको फुटबल स्टेडियम निर्माण हुन्छः सदस्य सचिव

दीननाथ बराल, पोखरा न्यूज – १५, भदौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले आगामी असोज महिना भित्र पोखराको फुटबल स्टेडियमको निर्माण कार्य सम्पन्न हुने बताएका छन्।

सहारा एकेडेमीको अवलोकन पश्चात आइतबार पोखराका केही पत्रकारहरुसंग संक्षिप्तमा कुराकानी गर्दै उनले साग लक्षित हुने गरी मंसिर एक गते भित्र सक्ने गरी पहिलो चरणमा १० हजार सिट क्षमताको फुटवल स्टुडिएम निर्माण हुने बताएका हुन्।

पोखरा फुटबल स्टेडियमको ट्रयाक एण्ड फिल्डको सामान विदेशबाट पोखरातर्फ आउदै गरेको सदस्य सचिव शिल्वालले बताए । साग अघि १० हजार क्षमताको लागि मात्र निर्माण हुने भएको उनले बताए । २० हजार दर्शक क्षमताको प्यारापिट हाल नभ्याउने भएकाले साग पछि पुनः १० हजार क्षमताको दर्शक क्षमतामा बृद्धि गरी २० हजार दर्शक क्षमतामा पुराउने आफुहरुको लक्ष्य रहेको सदस्य सचिव शिल्वालले बताए ।

सागको प्रशिक्षणमा रहेका खेलाडीहरुको लागि अत्यावश्यक खेल सामाग्रि उपलब्ध गराएको उनले दाबी गरे । उनले भने “ खेल सामाग्रि अभावले गर्दा कुनैै खेल रोकिएको छैन्, सामान्य केही कुराको अभाव भयो होला, खेलाडीहरुले माग गरे जति हामीले एकै पटक उपलब्ध गराउन नसकेका हौला । ”

पोखरामा धेरै कुराको सम्भावना भएकोले व्यडमिन्टन र महिला क्रिकेट समेत हुने सम्भवना भएको उनले बताए । आफ्नो इन्जिनियरिङ टोलीलाई १० दिन अघिदेखि डिपिआर बनाएर अघि बढ्ने गरी तयारी गर्न लागेको बताउदै सदस्य सचिव शिल्वालले पोखरामा थोरै लगानीबाट खेल हुने प्रवल सम्भावना भएको जनाए ।

विधि र प्रक्रियले गर्दा बजेट निकाशामा केही ढिलाई भएको जनाउदै उनले छिट्टै पैसा निकाशा भएमा दुई महिना भित्र आवश्यक भौतिक संरचना निर्माण हुने दाबी गरे । पोखरामा प्याराग्लाइडिङ, ट्रायथलन, भारतोलन, आर्चरी, ह्याण्डबल, महिला,पुरुष, विच भलिबल महिला तथा पुरुष हुने भएको सदस्य सचिव शिल्वालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button