पोखरा विमानस्थलमै महिला पर्यटकलाई रातो साडी र चुरा

दीननाथ बराल, पोखरा न्यूज  – १६, भदौ ।  नेपाली नारीहरुको महान चार्ड हरितालिका तिज पर्वको अवसरमा हवाईमार्ग हुँदै पोखरा आएका महिला पर्यटकलाई विमानस्थलमै स्वागत गरिएको छ ।

सामुदायिक सेवा केन्द्र बैदामको आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हवाई मार्ग हुँदै पोखरा आएका महिला पर्यटकहरुलाई सोमबार पोखरा विमानस्थलमा  स्वागत सहित रातो साडी चुरा तथा पोते लगाइएको हो ।

काठमाण्डौंदेखि बुद्ध एयरमा पोखरा आएकी न्युजिल्याण्डकी वुनेलाई केन्द्रका अध्यक्ष मीना भट्टराई सहितको टोलीले नेपाली परम्परा अनुसारको रातो साडी, चुरा तथा पोते लगाइदिए ।

नेपाल भ्रमणको क्रममा पोखरा घुम्न आएकी वुनेलाई साडी सहित नेपाली महिलाको भेषमा सजाएपछि उनी खुसि ब्यक्त गर्दै नेपाली तिज पर्व निकै रमाईलो भएको अनुभव सुनाइन्। उनले भनिन“ ओ नेपाल धेरै राम्रो छ, मेरो यो पहिलो पटक भ्रमण हो, यहाँका मानिसहरुको व्यवहार पनि राम्रो लाग्यो, पोखरा त झनै राम्रो रैछ । ”

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले हरितालिका तिज पर्व नेपाली सांस्कृतिक पर्व भएकाले यस्ता पर्वलाई अब पर्यटकहरुलाई समेत जोडेर मनाउदा पर्यटक प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

केन्द्रका अध्यक्ष भट्टराईले तिज बिषेश कार्यक्रम अन्तर्गत हवाई मार्ग हुँदै  पोखरामा बिहानै आएका स्वदेशी तथा विदेशी महिला पर्यटकहरुलाई स्वागत गरिएको बताइन्।

तित पर्वको छुट्टै सन्देश दिन पनि पोखरामा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिएको उनले जनाइन्। १४ औं तिज महोत्सव पोखराको लेकसाईड स्थित क्याम्पिङ चोकमा संचालन भएको अध्यक्ष भट्टराईले बताइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button