बागलुङमा ५ जुवाडे पक्राउ

पोखरा न्यूज – १६, भदौ ।  बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडे पक्राउ गर्नाका साथै उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको छ ।

बागलुङ नगरपालिका-२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खतिवडासहित कैलाली जिल्ला घोडाघोडी नगरपालिका-१० घर भई हाल श्रीनगरटोल डेरा गरी बस्ने डबल भुल, सिन्धुली कमलामाई नगरपालिका-४ हाल उपल्लाचौर बस्ने विकास राई, पाँचथर जिल्ला तुम्भिया गाउँपालिका-९ घर भई श्रीनगरटोल बस्ने विष्णु राई र हाल रुद्रेपिपल बस्ने म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-१का मित्रलाल जैसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बागलुङ सदरमुकाम र यसको आसपासमा निकै लामो समयपछि पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button