बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु

पोखरा न्यूज – १६, भदौ । ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको मृत्यु भएको छ ।

मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।

मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button