नेपाल पुलिसलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

दीननाथ बराल, पोखरा न्यूज – १६, भदौ ।  विभागिय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजित प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा हङ वाङगी यू-डाईमण्ड एकेडेमि काठमाण्डौंलाई सोझो तीन सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

कोपिला उप्रेतिको कप्तानिमा मैदानमा उत्रिएको पुलिसले ललिता नाथको कप्तानिमा मैदानमा उत्रिएको  न्यू-डाइमण्डलाई २५-१६, २५-१४ र २५-२० को सेटमा पराजित गर्यो । यसपालि अन्तिम समयमा आएर डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ नआउदा नेपाल पुलिसले लामाचौर महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा यसपाली सहित दुई पटक उपाधि जित्न सफल भएको छ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा सोमबार तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा घरेलु टिम गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५-१३, २५-२० र २५-१८ को सेटमा पराजित गरेको हो ।

न्यू-डायमण्डका प्रशिक्षक कुमार राईले ब्लकिङ, डिफेन्स सहित कमजोरीका कारण आफुहरु पराजित भएको बताए । सिपोरा गुरुङले आफुहरुले सोचे अनुसार फाइनल खेलमा खेल्न नसकेको उनले जनाए । आफ्नो टिमका दुई खेलाडी प्रतिभा मालि र रस्मिता दुराको अभाव खड्किएको उनले जनाए ।

सिपोरालाई अनुरोध गरेका कारण टिममा समावेस गरिएको जनाए । सिपोराले भने अघिल्लो खेलको तुलनामा फाइनल खेल सोचे अनुसार खेल्न नसकेको जनाइन्। उनले आफु ओपन स्पेसमा खेल्ने गरेको तर न्यू डाइमण्डबाट अलराउण्ड खेल्दा केही समस्या  भएको जनाइन्। उनी करिब ३ बर्षमा कमव्याक भएकी हुन्।

पुलिसका प्रमुख प्रशिक्षक रुपेश विष्टले आफुहरुसंग अनुभवी तथा राष्ट्रिय बिच भलिवल खेल्ने ३ जना खेलाडीहरु भएको हुनाले  जित सहज भएको बताए । कप्तान कोपिला उप्रेति, पुष्पा चौधरी र मनिसा चौधरी बिच भलिवलका खेलाडी हुन्।

न्यू-डायमण्डका प्रशिक्षक कुमार राईले ब्लकिङ, डिफेन्स सहित कमजोरीका कारण आफुहरु पवराजित भएको बताए । सिपोरा गुरुङले आफुहरुले सोचे अनुसार फाइनल खेलमा खेल्न नसकेको उनले जनाए । आफ्नो टिमका दुई खेलाडी प्रतिभा मालि र रस्मिता दुराको अभाव खड्किएको उनले जनाए ।

प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उप-विजेतालाई ६५ हजार ५ रुपैया र तेस्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल पुलिसकी मनिसा चौधरी घोषित भइन। त्यसैगरी प्रतियोगितामा पुलिसकी शुसिला थापा उत्कृष्ट सटर, उत्कृष्ट लिब्रोमा गण्डकी प्रदेशकी रश्मिता दुरा, उत्कृष्ट स्पाइकरमा पुलिसकी कोपिला उप्रेति, उत्कृष्ट सर्भरमा न्यू डाइमण्डकी झर्ना श्रेष्ठ, उत्कृष्ट क्विकरमा गण्डकी प्रदेशकी पवित्रा सेन्चुरी, उत्कृष्ट ब्लकरमा पुलिसकी पुष्पा चौधरी घोषित भइन्। प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले विजयी खेलाडीहरुको टोलीलाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकास र समृद्धिको लागि समाजले विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको बताए । महिलाले आफ्नो स्वतन्त्र दिवसको रुमपा मनाउदै आएको तिज पर्व समाजमा लैगिक हिंसा, सोसण उत्पिडन, आफ्नो न्यायिक वुलन्द पार्ने पर्वको रुपमा स्थापित गर्न सफल भएको उनले बताए । पोखरामा अन्तराष्ट्रिय स्तरको सुइमिङपुल सहितका धेरै खेलकुदका भौतिक संरचना निर्माण हुने बताए । सागमा ७ खेल पोखरामा हुने भएकाले समाजले हालै निर्माण गर्दै गरेको गोष्तेघाट फुटबल मैदानमा थप रकम आवश्यक भए सहयोग गर्ने बताए ।

सोमबार ऋतु तामाङ, दिपक खड्का र सुनिता दुलालको बिषेश प्रस्तुती रहेको सांस्कृतिक संयोजक दील बहादुर थापाले बताए । दि यूनाइटेड गोल्ड मार्ट तिज गित प्रतियोगितामा माछापुच्छ्रे सेवा समुह प्रथम भएको छ । १२ प्रतियोगितहरुलाई पछि पार्दै माछापुच्छ्रेले उपाधि सहित २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आर्वा दिदी बहिनी समुह दोस्रो, विन्ध्यवासिनी आमा समुह तेस्रो र शिवालय तमु आमा समाज शान्त्वना भएको छ । प्रतियोगितामा दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार पुरस्कार प्रदान गरिएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए ।

डिस मिडिया प्रालि प्रमुख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । समाजका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button