झापामा ‘नो हेल्मेट, नो पेट्रोल’

पोखरा न्यूज – १६, भदौ । झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो ।

मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् ।

झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button