स्याङ्जामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या

पोखरा न्यूज – १७, भदौ । स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो ।

बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ/दश ठाउँमा धारिलो हतियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए  ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए  ।

घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको छ । उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ । हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button