लमजुङको बाहुन डाँडामा फुटबल मैदान बनाउन सहयोग गर्छुः राखेप सदस्य गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – १७, भदौ ।  राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले लमजुङको बाहुन डाँडामा फुटबल मैदान निर्माण गर्न सहयोग गर्ने बताएका छन्।

लमजुङ स्थित मस्र्याङदी गाउँपालिका-६ को बाहुन डाँडामा मंगलबारदेखि शुरु भएको १० औं बाहुन डाँडा सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै राखेप सदस्य गुरुङले बाहुन डाँडामा युवाहरुको मुख्य आकर्षण फुटबल खेल भएकोले मेल मैदान निर्माणमा सहयोग गर्ने वचन दिएका हुन्।

मंगलबार मैदान अवलोकन गर्दै उनले प्रविधिक हिसाबले मिलेसम्म फुटबल मैदान अन्यथा नाइन ए साईड वा सेभेन ए साइड फुटबल मैदान निर्माणमा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताएका हुन्। गाउँ ठाउँमा रहेका युवाहरुलाई खेलकुदमा आकर्षण गर्न पनि एक गाउँ एक खेल मैदान अवधारण अनुसार बाहुन डाँडामा हाल व्यवस्थित फुटबल मैदान बनाउनु पर्नेमा सदस्य गुरुङले जोड दिए ।

उनले भने “ राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्रदेश सरकारबाट के कस्तो सहयोग जुटाउन सकिन्छ त्यसमा हामीले समन्वय गछौं, फुटबल मैदान बनाउन तपाई स्थानियहरु लाग्नुहोस । ” राखेप सदस्य गुरुङ र व्यवसायी एवं पोखरा फुटबल स्टेडियम निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५० हजार रुपैया सहयोग गर्ने वचन दिएका छन्।

गत बर्ष मैदान अभावको कारणले स्थगित भएको सेभेन ए साइड फुटबल प्रतियोगिता यस बर्ष नादि हाइड्रो पावरबाट ३ लाख आर्थिक सहयोग जुटेसंगै मैदान मर्मत गरी संचालन हुने भएको प्रतियोगिता संयोजक पवित्र गुरुङले बताए । अन्य क्षेत्रबाट खासै सहयोग नभएको उनले गुनासो गरे ।

योङग स्टार क्लबको आयोजनामा संचालन भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको स्थानिय बिष्णु बहादुर गुरुङले बताए । मंगलबार बेशीशहर नगरपालिका विरुद्ध आयोजक बिच मैत्रिपूर्ण सेभेन ए साईड फुटबल प्रतियोगितामा बेशीशहर नगरपालीकाले ७-५ को गोल अन्तरले जित हासिल गर्यो ।

बुधबारदेखि प्रतियोगिता शुरु हुने छ । बुधबार बिहान सिउरुङको शिलादेवी क्लब विरुद्ध आयोजक ए बिचको खेल हुने क्लबले जनाएको छ । प्रतियोगिता भदौं २२ गतेसम्म चल्ने छ । प्रतियोगितामा विजेतालाई ६० हजार, उप-विजेतालाई ३५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ ।

कार्यक्रममा नेकपाका जित बहादुर गुरुङ, कांग्रेसका तुल बहादुर घले, लमजुङ सेवा समाज कतारका महासचिव युवराज गुरुङ, पोखरा रंगशाला निमार्ण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बराल लगायतले हरेक गाउँमा खेल मैदान आवश्यक भएको खाँचो हौलाए । कार्यक्रममा पन्चे बाजासहित राखेप सदस्य गुरुङ सहितको टोलीलाई फुलमालाले सम्मान गरिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button