पत्रकार हमालको रिहाइको माग गर्दै कास्कीका पत्रकारद्धारा जिल्ला प्रशासनमा नारा जुलुस सहित धर्ना

दीननाथ बराल, पोखरा न्यूज – १८, भदौ । पत्रकार ओम हमालको तत्काल रिहाइको माग गर्दै कास्कीका पत्रकारले जिल्ला प्रशासन कार्यालय कास्कीमा नारा जुलुससहित धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको अगुवाइमा कास्कीका पत्रकारले आज (बुधबार) प्रशासन कार्यालय मा बिहान नाराजुलुस सहितको धर्ना दिएका हुन्।

धर्ना पश्चात महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सहितको टोलीले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले प्राप्त ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालयमा तत्काल पठाउने बचन दिए ।

पोखरामा पत्रकारिता गरेको व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको आदेशमा पुनः पक्राउ गर्नु षड्यन्त्र भएको भन्दै महासंघ कस्कीका अध्यक्ष श्रेष्ठले उनको रिहाइको लागि महासंघले जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक हमाललाई सर्वोच्च अदालतले रिहाइको आदेश पछि पनि पुन : पक्राउ गरिएको हर्कतको विरोधमा बुधबार महासंघको अगुवाइमा देश व्यापी रुपमा आन्दोलन भएको छ ।

यसअघि भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा उपस्थित गराइएको थियो। प्रशासन गेट अघि पत्रकारले पत्रकार ओम हमाललाई तत्काल रिहा गर, सम्मानित सर्वोच्चअदालतको कान्वयन गर लगायतका नारा लगाएका थिए ।

यसैबिच, नेपाल प्रेस यूनियन कास्कीले समेत प्रशासनमा पत्रकार हमालको तत्काल रिहाईको माग गर्दै ज्ञापन पत्र बुझाउने भएको छ । प्रशासन मार्फत युनियनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button