पोखरामा सेतोपुतलीको संक्रमण शुरु, उपचारमा ढिलाई भए आँखाको ज्योति नै गुम्न सक्ने

दीननाथ बराल, पोखरा न्यूज – १८, भदौ । के तपाँईको घरमा सेतो बत्ती बाल्ने गर्नु भएको छ यदि यस्तो बत्ती बाल्ने गर्नु भएको छ भने ख्याल गर्नुहोला । सेतो बत्ती वरिपरि सिजनमा देखा पर्ने सेतो पुत्तली देखा पर्न थालेको छ की त्यसमा ख्याल गर्नुहोस् । यदि सेतो बत्तीमा सेतो पुतली आउन थालेको छ भने तपाँईहरुलाई केही जोखिम निम्तिदैछ भन्ने बारेमा सजग हुनुहोस ।

यदि सेतो पुतली तपाँइको घरमा आएको छ भने त्यसलाई नचलाउनु होला, त्यसबाट बच्न सक भर सेतो बत्ती नबाल्नु राम्रो, बिषेश गरी वालबालिकामा यसको संक्रमण छिटो हुने हुँदा उनीहरुलाई सेतो पुतलीबाट टाडा राख्नु होला । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुस   कर्णहरु आँखामा  पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन्।

पोखरा क्षेत्रमा यता कता सेतो पुतली देखा परेसंगै मानिसहरुलाई यसले दुःख दिन थालेको छ । यदि तपाँइ र तपाईका कुनै व्यक्तिमा सेतो पुतली संत्रमण भएमा तपाईहरुको आँखा रातो हुने, दुःख्ने र आँखा बन्दको बन्दै हुने समस्या भएमा तत्काल जति सक्दो छिटो नजिकको आँखा अस्पतालमा पुर्याउनु होला उपचार सम्भव छ । सेतो पुतली संक्रमित भएका बिरामीलाई समयमै वा एक दिन (२४ घण्टा ) भित्र उपचार गर्न सम्बन्धित अस्पतालमा पुर्याउन सकेको खण्डमा सुइ, अप्रेशन, औषधि कुनै विधिबाट तपाँईहरुको उपचार सम्भव हुन्छ ।

दुई बर्ष अघि पोखरामा सेतो पुतली आतंक जस्तै भएको थियो भने सेतो पुतलीको संकमण पोखरामा यस सिजनमा शुरु भएको हिमालय आँखा अस्पताल पोखराका प्रमुख डा. इन्द्र महर्जनले बताए । उनका अनुसार दुई बर्ष अघि पोखरामा सेतो पुतलीका कारण २६ जना बिरामीहरु अस्पतालमा उपचार गर्न पुगेका थिए ।

यस बर्ष तिज  पर्व भदौं १६ गते भन्दा अघि एक जनामा, भदौं १६ र १७ गते एक/एक जनामा र बुधबार थप ३ जनामा गरी हालसम्म ६ जना सेतो पुतलीको संक्रमणका बिरामीहरु अस्पतालमा आएको डा. महर्जनले जनाए ।

५ बर्ष मुनिका बालबालिकाहरुमा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरे । सेतो पुतली संक्रमण भएको एक दिन भित्र उपचार गर्न आँखा अस्पतालमा पुगेमा शतप्रतित जसो उपचार गर्न सकिने, दुई दिन पछि जादा ५० प्रतिशत आँखाको ज्योति गुम्ने जोखिम हुने, तेस्रो दिन पछि जादा ९० प्रतिशत जसो जोखिम हुने भएको डा. मर्हजनले जनाए । पोखरामा सेतो पुतली संक्रमण शुरु भएसंगै काठमाण्डौंको तिलगंगा आँखा अस्पताल र टिचिङ अस्पतालमा समेत जानकारी गराइएको उनले जनाए ।

सेतो पुतली संक्रमणले कालो आँखाको भागमा सेतो देखिनु जहाँ ब्याक्टेरिया समेत देखिने गरेको चिकित्सकले बताएका छन्। उनले भने “ आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति बचाउन सकिन्छ । ” सेतोपुतलीको रियाक्सनले समयमै उपचार हुन नसके आँखाको रेटिना सहितको भाग नै नष्ट पार्ने डा.महर्जनले दाबी गरे ।

यस्तो संक्रमणबाट बचाउन सबै सरोकारवाला निकाय सजग हुन आग्रह गर्दै डा. मर्हजनले आँखामा कुनै रातो हुनु र आँखा बन्द भै दुखाइ सहित आँखा खोल्न कठिन भएमा तत्काल आँखा अस्पताल जान उनले सुझाव दिए । हिमालयन आँखा अस्पतालले यस्तो अबस्थामा २४ सै घण्टा सेवा दिन थालेको डा.महर्जनले जनाए ।

पोखराको न्यूरोडमा रहेको  माछापुच्छ्रे बैंंकको एटिएम मेसिनको रहेको कोठामा समेत ७/८ वटा सेतो पुतली रहेको छ । यस्ता धेरै ठाँउमा सेतो पुतली आउन थालेको हो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा सेतोपुतलीबाट बच्न र बचाउनको लागि आफुहरुले विभिन्न निकायमा समेत जानकारी गराएको डा. महर्जनले जनाए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. सेतो पुतली एकदम खतरा हुदो रहिछ मेरो मामाको छोराको आँखामा सेतो पुतली को झुस परेको थियो उपचार गर्नमा ढिलो भएको । एउटा आँखा नै देख्दैन बिचरा मेरो भाइ ले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button