बस र ट्रक एकआपसमा ठक्कर खाँदा २५ जना घाइते

पोखरा न्यूज – १८, भदौ । नवलपरासीको कावासोतीमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा २५ जना घाइते भएका छन् ।

कावासोती नगरपालिका-१६ डण्डा स्थित  पत्थर खोला पुल नजिकै  पश्चिमबाट पुर्वतर्फ आँउदै गरेको ग १ ख ७६६५ नम्बरको  ट्रक र बिपरित दिशाबाट जाँदै गरेको लु २ ख १६७६ नम्बरको  बस एक-आपसमा ठक्कर खाँदा चालक सहित २५ जना घाइते भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा घाइते  भएका मध्ये ४ जनालाई उपचारको लागि नया मेडिकल कलेज भरतपुर पठाइएको  र अन्य घाइतेको   मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए।

प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button