आर्थिक अवस्था कमजोर भएपछी स्वर्ण पदक विजेता रुपक काम खोज्दै

दीननाथ बराल, पोखरा न्यूज – १९, भदौ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले फुल कन्ट्याक्ट कराँतेका खेलाडी रुपक नेपालीलाई सहयोग गर्ने आश्वासन दिएका छन्। प्रथम फुल कन्ट्याक प्रेसिडेन्ट कराँते कप ग्राण्ड च्याम्पियनमा पुरुष खुल्ला तौल समुह स्वर्ण पदक विजेता नेपालीलाई मुख्य मन्त्री गुरुङले खादा लगाएर स्वागत गरी प्रदेशको नाम उचो राख्ने गरि खेल्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन्।

मुख्यमन्त्रीको क्वाटरमा पुगेका प्रशिक्षक शिव गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहितको टोलीले खेलाडी रुपक नेपालीको आर्थिक अवस्था निकै कमजोर रहेको मुख्यमन्त्री गुरुङलाई जानकारी गराउदै उनको खेल निकै उत्कृष्ट भएको जनाएका थिए ।

मुख्यमन्त्री गुरुङले आर्थिक अवस्था कमजोर भएका तर खेलमा राम्रो गर्ने सम्भावित खेलाडीहरुको लागि प्रदेश सरकारले केही न केही गर्ने तयारी गरेकोे जनाए । आफ्नो क्षेत्र र प्रदेशको इज्जतको लागि सबै संघ संस्थाहरुले यस्ता खेलाडीहरुको हितमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

उक्त अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमीबााट केहि दिन  पछि नगद २५ हजारसहित सम्मान गरिने भएको राखेप सदस्य एवं मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेशका संयोजक समेत रहेका गुरुङले उद्घोष गरे । खेलाडी रुपकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशलाई निम्ति स्वर्ण पदक दिलाएका थिए ।

उनले भने “ मेरो घर परिवारमा हाल आर्थिक समस्याले गर्दा मैले अझ सोचे अनुसारको खुलेर खेल्न पाएको छैन, खेललाई असर नपर्ने गरी कुनै रोजगार गर्ने कुनै अवसर पाएमा मलाई धेरै राहत हुन्थ्यो। ” हाल विभिन्न प्रतियोगिताबाट प्राप्त नगद पुरस्कार, प्रशिक्षक तथा केही सहयोगी दाताबाट प्राप्त सहयोगले आफ्नो दैनिकी चल्ने गरेको भन्दै  खेलाडी रुपकले  दुखेसो ब्यक्त  गरे ।

राखेप सदस्य गुरुङले राम्रो खेलाडी भएको हुनाले रुपकलाई विभागियले लिन खोज्दा आफ्नो क्षेत्रको खेलाडीलाई आफ्नै क्षेत्रबाट खेलाउनको लागि पनि आफुहरुले विभागियमा जान रोकेको जनाए ।

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको आयोजना र यूनाइटेड नेपलिज क्यूकिशन एडभान्स सिमेन्टको सह-प्रायोजनमा हालै पोखरामा सम्पन्न भएको प्रथम फुल कन्ट्याक प्रेसिडेन्ट कराँते कप ग्राण्ड च्यम्पीयनमा पुरुष खुल्ला तौल समुहमा नेपालीले स्वर्ण पदक सहित एक लाख नगद पुरस्कार प्राप्त गरेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button