यातायात क्षेत्रलाई व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज  – १९, भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गरिने बताएका छन्  ।

गण्डकी ट्रक व्यवसायी सङ्घको २० औँ अधिवेशनको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले सङ्घको ऐन आएपछि प्रदेशको यातायात क्षेत्र व्यवस्थित हुने बताए । सङ्घीय सरकारले अझै यातायातसम्बन्धी ऐन निर्माण गर्न बाँकी नै रहेकाले प्रदेशले सङ्घको ऐन पर्खिरहेको उनको भनाइ थियो ।

उनले भने, “सङ्घले ड्राफ्ट गरिरहेको छ, सङ्घको ऐनअनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकाले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ, अब चाँडै व्यवस्थित हुन्छ”, उनले भने ।

प्रदेश सरकारको राजश्व सङ्कलन हुने क्षेत्र मध्ये यातायात क्षेत्रसमेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिपरेको उनले उल्लेख गरे ।

यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न नीति प्रदेश सरकारले ल्याइरहेको बताउँदै उनले अन्य प्रदेशमा रहेका सवारीसाधन प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने नीति त्यसैको उदाहरण भएको प्रष्ट्याए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button