गण्डकी प्रदेशका ४ जिल्लामा निःशुल्क डायलोसिस सेवा शुरु गर्दैछौ- मन्त्री पुन

दीननाथ बराल, पोखरा न्यूज – २१, भदौ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले प्रदेशका केही जिल्लामा आगामी पुष महिना भित्र डायलोसिस सेवा संचालन गर्ने बताएकीछन्।

विश्व फिजियोथेरापी दिबसको अवसरमा आयोजित निःशुल्क फिजियोथेरापि सेवाको शनिबार विहान पोखरामा उद्घाटन गर्दै मन्त्री पुनले ढिलोमा पुष महिना भित्र प्रदेशका केही जिल्लामा निःशुल्क डायलोसिस सेवा संचालन गर्ने तयारी गरेको बताएकी हुन्।

स्याङजा, म्याग्दी, पर्वत र गोरखा गरि ४ जिल्लामा डायलोसिस सेवा संचालन गर्ने अन्तिम तयारी भएको मन्त्री पुनले बताइन्। डायलोसिस सेवा संचालनार्थ स्टाफ नर्सहरुलाई तीन महिने तालिम दिन सुरु गरिएको उनले बताइन्। उक्त सेवा संचालनको लागि अब मेसिन खरिदको लागि प्रकृया अघि बढाउन लागेको मन्त्री पुनको भनाई थियो । विभिन्न जिल्लामा उक्त सेवा सुरु भएसंगै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डायलोसिसका बिरामीको सङख्या घट्ने उनले विश्वास व्यक्त गरिन्। स्वास्थ्य क्षेत्रमा केही परिणाम आउने गरी दाताको खोजी समेत गरेको मन्त्री पुनले बताइन्।

प्रदेशको हरेक ठाउँमा फिजियोथेरापीको सचेतना जगाउनु पर्नेमा मन्त्री पुनको जोड थियो । उनले प्रदेशको स्वास्थ्य ऐन र स्वास्थ्य निती बनाउने समयमा सरोकारवाला निकायसंग छलफल गरी ल्याउने वचन दिइन्। औषधि पसलेहरुले विरामीहरुलाई औषधि दिदा राम्रोसंग परामर्श गराएर मात्र वितरण गर्न आग्रह गरिन् ।

समय समयमा स्वास्थ्य परिक्षण नगर्नु र स्वास्थ्य प्रति चासो नदिनुले धेरैलाई मृगौला, फेल हुने समस्याले सताउने गरेको मन्त्री पुनले बताइन्। एकिकृत स्वास्थ्य अभियान संचालन गरेको बताउदै उनले जनस्तरमा उक्त अभियान निकै लोकप्रिय हुदै आएको दाबी गरिन । कर्मचारी समस्याले गर्दा अझै केही अस्पतालहरुमा ११ औं तहका कर्मचारीले संचालन गर्नुपर्ने काम हाल ८ औं तलका कर्मचारीले गर्ने गरेको मन्त्री पुनले बताइन्। स्वास्थ्य मन्त्रालयले अझै पनि स्वास्थ्य संस्थामा आवश्यक कर्मचारीको दरवन्दी पुरा गर्न नसकेको गुनासो गरिन्।

पोखरा विश्व बिद्यालय स्कुल अफ हेल्थ साइन्सेस बी.पी.टी.का कार्यक्रम संयोजक विजय सुवेदीले फिजियोथेरापि बजारमा माग भएकोले पोखरा बिश्वबिद्यालयमा एकेडेमीक रुपमा यसलाई अघि बढाएको बताए । शरीरमा दुःखाइको महशुस हुनु शारीरिक व्यायमको कमिले गर्दा भएको जनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दुःखाइको समस्या विना औषधि शारीरिक व्ययमले पनि निको हुने दाबी गरे । नसा तथा हार्ड जोर्नीमा बढी समस्या हुने गरेको उनले बताए । फिजिसियन डा.वसन्त ताम्रकारले राज्यबाटै आम जनतामा फिजिसियन सेवाको पहुंच पु¥याउनु पर्ने बताए । हरेक मानवले आफ्नो दिनचर्यामा बिशेष ख्याल गर्न उनले आग्रह गरे ।

पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ शनिबार विश्व फिजियोथेरापी दिबसको अवसरमा नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेशको आयोजनामा पोखराको चिप्लेढुङ्गगा आयोजित एक दिने निःशुल्क प्यारालाईसिस नसा तथा हाडजोर्नी रोगको फिजियोथेरापी शिबिरबाट एक सय ४८ जना लाभान्वित भएको संघले जनाएको छ ।

नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेशका अध्यक्ष डा. खड्कसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा डा. शिव तिवारी, पोखरा विश्वबिद्यायका प्राध्यापक दीपक जोशी, नेपाल पत्रकार महासंघ कास्कीका सह-सचिव दीननाथ बराल, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, पत्रकार ऋषिराम खतिवडा, हरियोखर्च हस्पतालका फिजियोथेरापीष्ट स्वकृति पौडेल हरेक मानव जातिमा जन्मदेखि मुत्यु नहुदासम्म फिजियोथेरापी आवश्यक भएकोमा जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button