बाराही सहकारीको मुनाफा ५४ लाख

दीननाथ बराल, पोखरा न्यूज – २१, भदौ । पोखरा १७, बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७५/०७६ मा ५४ लाख ६६ हजार ४ सय ७० रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाको शनिबार पोखरामा सम्पन्न भएको २० औं साधारण सभामा कोषाध्यक्ष क्षेत्रकुमार श्रेष्ठले अघिल्लो बर्षको तुलनामा यस बर्ष सहकारीले ५६ प्रतिशतले संचालन मुनाफा आर्जन गर्न सफल भएको बताए ।

संस्थाले आर्थिक बर्ष २०७४/०७५ मा ३४ लाख ९८ हजार ८ सय ८१ रुपैया मुनाफा आर्जन गर्न सफल भएको थियो । संस्थाले आ.व. २०७५/०७६ मा २० करोड ३४ लाख ६६ हजार रुपैया कुल कर्जा लगानी गरेकोमा कर्जा असुली भने २० करोड ४१ लाख ५ हजार ३ सय ८४ रुपैया गर्न सफल भएको छ ।

त्यसैगरी संस्थाले आ.व. २०७५/०७६ मा २४ करोड ८८ लाख ८४ हजार ७ सय ८६ रुपैया निक्षेप गर्न सफल भएको छ । संस्थाले २३ करोड ९० लाख ७६ हजार ९ सय ८ रुपैया निक्षेप भुक्तानि गर्न सफल भएको छ ।

संस्थाको शेयरपूजी आ.व. २०७५/०७६ मा ६ करोड २४ लाख ६३ हजार रहेको छ भने अघिल्लो बर्ष ६ करोड १३ लाख २३ हजार ९ सय रुपैया शेयर पूजी रहेको कोषाध्यक्ष श्रेष्ठले बताए ।

२०५६ सालमा ५२ जना शेयर सदस्यबाट सुरु भएको उक्त संस्थामा हाल ७ सय २६ जना पुगेको संस्थाका सचिव एकदेव बरालले बताए । संस्थाका अध्यक्ष दुर्गा बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ब्रम्हाकुमारी  इश्वरिय विश्वबिद्यालयकी दिदी अप्सरा, लेखा समितिका संयोजक दीनबन्धु गौतम, साधारण सदस्य भरत बहादुर पौडेल, सल्लाहकार कृष्णराज ढुंगना, संस्थाका उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ लगायतले सहकारीको बारेमा चर्चा गरेका थिए ।

यसैबिच, सभाले  महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको  छ । शनिबार पोखरामा सम्पन्न भएको संस्थाको २० औं साधारण सभामा सर्वसम्वत रुपमा आगामी ३ बर्षीय कार्यकालको लागि श्रेष्ठको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button