तनहुँमा बाँसपानी सामुदायिक होमस्टे उद्घाटन

पोखरा न्यूज – २२, भदौ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन क्षेत्रको विकासका लागि घरबास (होमस्टे)को भूमिका महत्वपूर्ण रहेको बताएका  छन ।

तनहुँको भानु नगरपालिका–१३ स्थित बाँसपानी सामुदायिक होमस्टको आज उद्घाटन गर्दै उनले ग्रामीण भेगमा स्थापना भएका होमस्टेले पर्यटन प्रवद्र्धनमा टेवा मिलेको बताए ।

होमस्टेलाई स्थानीयवासीको आम्दानीको स्रोत बनाउने उद्देश्यले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालनका लागि अनुदान प्रदान गरेको मन्त्री लम्सालले बताए ।

“पर्यटन क्षेत्रको विकासका लागि होटलले जस्तै होमस्टबाट मद्दत पुगेको छ”, उनले भने । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन होमस्टे सञ्चालकले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

पर्यटनबाटै समृद्धि सम्भव रहेकाले पर्यटनलाई समृद्धिसँग जोड्ने गरी सरकारले योजना बनाएको उनले जानकारी दिए । “पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिए गण्डकी प्रदेश धनी प्रदेश हुनेमा कुनै द्विविधा छैन”, मन्त्री लम्सालले भने ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरु रामबहादुर गुरुङ, डोबाटे विक र सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलगायतले गण्डकी प्रदेश पर्यटनबाटै धनी बन्ने बताए ।

बाँसपानीका ४४ घरमा होमस्टे सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष अनिता गुरुङले जानकारी दिए । होमस्टेको प्रवद्र्धनका लागि प्रदेश सरकारले रु १० लाख सहयोग गरेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button