प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता सम्पन्न : क-कसले जिते उपाधि

दीननाथ बराल,  पोखरा न्यूज -२२, भदौ । प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिताको उपाधि पोखरा लिङकन, कुमुदीनिहोम्स, न्यू ग्यालेक्सि, पोखरा मावि, जनप्रिय बहुमुखी क्याम्पस र मनकामना बोर्डिङ स्कुलले जितेका छन्। भदौं १३ गते देखि पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगितामा विभिन्न इभेण्टमा उक्त बिद्यालयहरुले उपाधि जितेका हुन्।

स्नातकको छात्रा तर्फ आइतबार भएको फाइनल खेलमा पोखरा लिङकन कलेजले पोखरा कलेज अफ म्यानेजमेन्ट कलेजलाई ३५-१८ को स्कोरले पराजित गरी उपाधि जित्यो । सोही इभेण्टको छात्र तर्फको फाइनल खेलमा जनप्रियले पृथ्बी नारायण क्याम्पसलाई ६१-४३ को स्कोरले पराजित गरी उपाधि जित्यो ।

प्लस टु (कक्षा १२) को छात्रा तर्फ आइतबार भएको फाइनल खेलमा न्यू ग्यालेक्सिले टप्स माविलाई ३४-११ को स्कोरले पराजित गरी प्रथम भयो । सोही इभेण्ट तर्फ छात्रको फाइनल खेलमा पोेखरा माविले एक सकोरको अन्तरले न्यू-ग्यालेक्सिलाई पराजित गरी प्रथम भयो । न्यू ग्यालेक्सिले ५० स्कोर ल्याएको थियो ।

बिद्यालय स्तरको छात्रा बास्केटवल प्रतियोगिताको फाइनल खेलमा मनकामना बोर्डिङ स्कुलले कास्की मोडनाइज एकेडेमीलाई ४ स्कोरको अन्तरले पराजित गरी उपाधि जित्यो । मनकामनाले १३ स्कोर ल्याउदा कास्की मोडनाइजले ९ स्कोर ल्याएको थियो । सोही इभेण्ट छात्र तर्फ आइतबार भएको फाइनल खेलमा कुमुदीनि होम्स माविले बालकल्याण स्कुललाई २ स्कोरको झिनो अन्तरले पराजित गर्यो । कुमुदीनि होम्सले ६२ स्कोर ल्याएको थियो ।

त्यसै गरी भेट्रान्स तर्फ भएको प्रतियोगितामा एक्स अम्मरसिंहले कास्की बास्केटवलको समुहलाई फाइनल खेलमा ३८ को बिरुद्ध ६३ स्कोरले विजयी भएको छ । प्रतियोगितामा छात्र/छात्रा तर्फको विजेतालाई जनही १५ हजार र उपविजेतालाई ८ हजार प्रदान गरिएको सदस्य अर्जुन परियारले बताए ।

विजेता खेलाडीहरुको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, संघ कास्कीका अध्यक्ष धोज कुमार गुरुङ, नेपाल सेभेन ए साइड फुटवल महासंघका अध्यक्ष नविन पुन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

कास्की जिल्ला बास्केटवल संघको आयोजनामा पोखरा महानगरपालिकाको मुख्य प्रायोजनमा, क्षेत्रिय एवं जिल्ला खेलकुद विकास समिति तथा नेपाल बास्केटवल संघको बिषेश सहयोगमा उक्त प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ८२ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक नारायण शर्माले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने विभिन्न इभेण्टका ४ जना खेलाडीलाई फ्लाङ बुद्ध प्याराग्लाइडिङ कम्पनिले प्याराग्लाइडिङ उडान गर्ने भएको छ । कम्पनिका लक्ष्मन गोलेले खेलाडी सिमा पुन, चाहाना पुन, गोपाल पुन र प्रदिप पुनलाई उक्त प्याराग्लाइडिङको निःशुल्क टिकट हस्तान्तरण समेत गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button