साफ (यु-१८) च्याम्पियनसिप खेल्ने राष्ट्रिय फुटबल टोली प्रशिक्षणका लागि पोखरामा

दीननाथ बराल, पोखरा न्यूज- २३, भदौ ।  साफ (यु–१८) च्याम्पियनसिप खेल्ने खेलाडीहरु सहभागि राष्ट्रिय फुटबल टोली आठ दिने  प्रशिक्षणका लागि पोखरामा आएको छ । सोमबार साँझ पोखरा आइपुगेको टोलीलाई पोखरामा स्वागत समेत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एन्फा केन्द्रका उपाध्यक्ष, कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, निवर्तमान अध्यक्ष धरमसिंह लामिछाने लगायतले खादा लगाई खेलाडीहरुको टोलीलाई स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले पोखरामा अभ्यासको क्रममा केही कमीकमजोरी भएमा आफुहरुलाई जानकारी गराउन आग्रह गर्दै उक्त टोलीले नेपाललाई पदक ल्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै टिमका प्रमुख प्रशिक्षण चेत नारायण श्रेष्ठले च्याम्पियन बन्नका लागि सबै तवरबाट टिम तैयार अबस्थामा रहेको बताए । उनले चुनौतिको रुपमा भारत र बङ्गलादेश रहेको बताउदै यस अघि दुई पटक नेपाल च्याम्पियन बनिसकेको उल्लेख गर्दै यसपाली उपाधि सहित ह्याट्रिक गर्ने योजनामा रहेको जनाए । उनले भने “ यस पटक पनि च्याम्पियन बन्नका लागि हामी सबै पक्षबाट तयारी अबस्थामा रहेकाछौं, हाम्रो एट्याकिङ, फरवार्ड, मिडफिल्ड पनि राम्रो छ भने डिफेण्डिङ लाईन झनै बलियो छ ।”

उनले सबै प्रशिक्षण पुरा भैसकेको बताउदै अन्तिम तयारीका लागि पोखरामा ८ दिन रहने बताए । उनका अनुसार २५ सदस्सीय टोली प्रशिक्षणमा सहभागि रहे पनि अन्तिम चरणमा २३ खेलाडीलाई छनौट गरिनेछ ।

काठमाडौंको हल्चोकमा असोज ३ देखी १२ गते सम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले अर्को खेल भुटानसंग खेल्नेछ ।

बलियो मानिएको भारत र बंगलादेश भने अर्को समुहमा परेकोले नेपाल सेमिफाइनलमा सहज रुपमा पुग्ने उनले जनाए । ६ देशको सहभागिता रहेको प्रतियोगितामा पाकिस्तान भने सहभागि नहुने बताइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button