तारा फुटवल क्लवलाई ‘हेमजा सेभेन ए साइड’ फुटबलको उपाधि

दीननाथ बराल,  पोखरा न्यूज -२३, भदौ । गत बर्षको बदला लिदै तारा फुटवल क्लवले ‘हेमजा सेभेन ए साइड फुटबल, प्रतियोगिताको उपाधि जितेको छ । हेमजामा सोमबार भएको फाइनल खेलमा ताराले एल.जी. एशोसियसनलाई १-० ले पराजित गर्दै गत बर्षको बदला लिदै  उपाधि जितेको हो ।

ताराको जितमा म्यान अफ दी म्याच घोषित सुनिल विकेले दोश्रो हापको सुरुवातमै गरेको गोल निर्णायक बन्न पुग्यो । गत बर्षको फाइनल खेलमा एल.जी. एशोसियसनले तारालाई टाइब्रेकरमा ३-२ ले पराजित गरेको थियो । निर्धारित समयमा भने दुबै तर्फ गोल हुन सकेको थिएन्।

बिष्णुपादुका क्लब हेमजाद्वारा आयोजित उक्त प्रतियोगिताको विजेता ताराले उपाधि सहित १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गरेको छ । उपबिजेता एल..जी. एशोसियसनले ७१ हजार १ सय ११ रुपैया को साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

बिष्णुपादुका माबिको खेल मैदानमा भदौं १७ गते देखि संचालन भएको प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको क्लवका निवर्तमान अध्यक्ष रमेश कार्कीले बताए । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा ताराका टंक गुरुङ घोषित हुदै नगद ५ हजार रुपैयाको पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षकमा ताराका अनिश शाही, उत्कृष्ट डिफेण्डरमा एल.जी. एशोसियसनका सुलेमान मगर, उत्कृष्ट फरवार्डमा एल.जी.का हेमन्त तामाङ, उत्कृष्ट मिडफिल्डर सिमपानी एफ.सी.का आयुष घलान, ४ गोल गरी सर्वाधिक गोलकर्ताको रुपमा रन्जन मेमोरियलका अविरल गिरी, उदीयमान खेलाडीका रुपमा संगम एकेडेमीका तक्दीर घले घोषित भए । उनीहरुलाई ट्रफिको साथमा ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापा, पोखरा २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिना, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, क्लवका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष सुविन कुमार श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए । पोखरामा हालै सम्पन्न भएको स्व.बलराम केसी स्मृति कास्की जिल्ला स्तरिय लिग फुटवल प्रतियोगिताको उपविजेता बिष्णुपादुका क्लवको टोलीलाई ट्याकसुट उक्त अवसरमा वितरण गरिएको राजेन्द्र थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button