विद्यालयबाट घर फर्किने क्रममा पहिरोमा पुरिएर २ बालिकाको मृत्यु

पोखरा न्यूज – २६, भदौ ।  मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।

बुधबार बेलुकी ५:३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button