साझा पार्टीले जिल्ला र महानगर संयोजक घोषणा गर्ने

पोखरा न्यूज – २७, भदौ। साझा पार्टीले कास्की जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजनागरिएको साझा पार्टी गण्डकीले जनाएको छ ।

जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय स्तरका नेताहरु पोखरा आउने भएका छन् । पार्टीको केन्द्रीय सदस्यको रुपमा भर्खरै मात्र आबद्ध भएकी मिस नेपालअर्थ २०१८ प्रिया सिग्देल पनि कार्यक्रममा विशेष वक्ताको रुपमा आउँदै छिन् । यस्तो खालको औपचारिक कार्यक्रममा मिस नेपाल अर्थ सिग्देललाई पार्टीले पहिलो पटक पोखरामा सहभागी गराउँदैछ ।

‘संगठन विस्तार अभियान अन्तरगत हामी अहिले जिल्ला स्तरिय संयोजक घोषणा अभियानमा छौँ । यस्तै पोखरामा महानगर संयोजक पनि घोषणा गर्दैछौँ । नजिकी रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनका लागि पनि जिल्ला र महानगर संयोजक घोषणाले अर्थ राख्छ ।’ साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले भने ।

गण्डकी प्रदेश अन्तर्गत साझा पार्टीले हालसम्म नवलपुर जिल्ला संयोजक घोषणा गरिसकेको छ । त्यस्तै सोही जिल्लाको देवचुली नगरपालिकाको संयोजक पनि घोषणा गरिसकेको छ । कास्कीको जिल्ला र महानगर संयोजक घोषणासँगै पार्टीले असोज ३ गते गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला र स्थानिय निकायहरुमा चाँडै नै संगठन विस्तार गर्ने गरि तयारी भएको संयोजक महेश भण्डारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button