झोलुङे् पुलले टारयो जोखिम यात्रा

पोखरा न्यूज – २७, भदौ। बर्दियाको बारबर्दिया र मधुवन नगरपलिकालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि सानो डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । विसं २०७१ साउन २७ गते बबईमा आएको बाढीले उद्घाटन नहुँदै कसुम्बा घाटको पुल बगाएपछि सर्वसाधारणको वर्षौंदेखिको जोखिम यात्रा गर्नुपर्ने बाध्यता ५ वर्ष लम्बिएको थियो ।

दुई नगरपालिका आवागमन गर्नका लागि झोलुङ्गे पुल भरपर्दो माध्यम बनेको छ । उक्त पुल निर्माणपछि चार लाख सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि व्यापार व्यवसायको अवस्था पनि फेरिएको छ । पुल निर्माणसँगै यस क्षेत्रको व्यापार व्यसायमा टेवा पुग्ने बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले बतए  ।

पुलको लम्बाइ ५०० मिटर रहेको छ । थानी निर्माण कम्पनीले रु चार करोड ४१ लाख लागतमा निर्माण सम्पन्न गरेको पुल जिल्लाको नमूना र आधुनिक भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button