स्याङ्जामा सवारी दुर्घटना हुँदा ४ जना घाइते

पोखरा न्यूज – २८, भदौ । स्याङ्जामा शनिवार सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

वालिङबाट गल्याङतर्फ जाँदै गरेको लु २ ख ८७५ नम्बरको टिपर गल्याङ नगरपालिका-३ खरीपानीमा दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि टिप्पर चालक स्याङ्जा पुतलीबजार – ३ का ३५ बर्षीय खेम बहादुर खत्री, ४० बर्षीय मन बहादुर खत्री, सह-चालक स्याङ्जा अर्जुनचौपारी -९ का २० बर्षीय ओम बहादुर खत्री तथा पाल्पा तिनाउ -३ झुम्सा का ४० बर्षीय लक्ष्मण खड्का घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परि गम्भिर घाइते भएका खड्कालाई थप उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको तथा अन्य घाइते अन्यको गल्याङ सामुदायिक अस्पताल स्याङ्जामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

टिपर सडकबाट करिव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button