पोखरा केआइसिङ पुलमा लडेका एक पर्यटकको मृत्यु

पोखरा न्यूज – २८, भदौ । पोखराको केआइसिङ पुल स्थित पार्कमा लडेका एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

पार्कमा अचानक लड्न गई बेहोस भएका भारत महाराष्ट्र मुम्बई का ७२ बर्षीय प्रभुदास कन्जी महेरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

पार्कमा घुम्नको लागि आएका महेर लडेर बेहोस भएपछी उपचारको लागि फिस्टेल अस्पताल पोखरामा लागिएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button