पोखरा न्यूज – २८, भदौ । पोखरा ९ साहारा टोलमा एक पुरुषको शव फेला परेको छ ।
साहारा टोल स्थित सुनिल परियारको घरमा १४ बर्ष देखि बस्दै आएका म्याग्दी दरवाङका ५५ बर्षीय साईला मगर शनिवार मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
ज्यामी काम गर्ने मगर आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले उल्लेख गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।