पोखरामा साल्ट ट्रेडिङद्धारा सहुलियत दरमा नुन र चिनी वितरण गर्न शुरु

दीननाथ बराल, पोखरा न्यूज -२८ , भदौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पोखरामा सहुलियत दरमा नुन र चिनी वितरण गर्न सुरु गरेको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा साल्ट ट्रेडिङले नुनमा प्रति केजी  २ रुपैया र  चिनीमा  प्रतिकेजी ५ रुपैया छुट सहित वितरण गर्न सुरु गरेकोे हो ।

प्रति व्यक्ति एक दिनमा ६/६ केजी नुन र चिनी वितरण गरिएको लिमिटेडकाका पोखरा शाखा निमिक्त कार्यालय प्रमुख सुरेस राज भण्डारीले बताए । पोखरा शाखामा नुन १८ रुपैया प्रतिकेजी र चिनी ७२ रुपैया प्रति केजीमा बिक्रि वितरण गरिएको उनले जनाए ।

कार्तिक १६ गतेसम्म यो छुटको व्यबस्था गरिने  भएको छ । स्टकको बारेमा कुनै चिन्क्ता लिन नपर्ने राजभण्डारीले बताए । दैनिक जसो उपभोक्ताहरु सहुलियतको नुन तथा चिनी लिन जाने गरेकाछन्।

दशैं पर्वको अवसरमा केही निजी संस्थान तथा व्यवसायीहरुले केही बस्तुमा छुट दिएकाछन्। बजारमा हुने दैनिक उपभोग्य बस्तु माथि राज्यको अनुगमन प्रभावकारी नहुदा आम उपभोक्ताहरु दैनिक जसो गुणस्तरहिन, म्याद गुज्रिएका बस्तुहरु प्रयोग गर्न बाध्य भएको स्थानियको जनगुनासो रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button