सुनको मूल्यमा निरन्तर गिरावट

पोखरा न्यूज – २९, भदौ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४ सयले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २ सय  कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६ सयमा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९ सय  कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार ३ सयमा कारोवार भएको थियो ।

पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला रु २ सय/२ सय  ले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८ सय ४० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८ सय ७० मा खरीद–बिक्री भएको थियो ।पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ ।

आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ४ सय ९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रति औंस १ हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button