स्काभेटरले किचेर एकको मृत्यु

पोखरा न्यूज – २९, भदौ। सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी-८ का ८५ वर्षीय शहरबहादुर राईको आज आईतबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तुम्लिङटार-चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई किचेको थियो । भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button