दीननाथ बराल, पोखरा न्यूज – २९, भदौ । साझा पार्टीका केन्द्रिय संयोजक रबिन्द्र मिश्रले एजेण्डाको हिसावले साझा पार्टी एक नम्बरको पार्टी भएको बताएका छन्।
साझा पार्टी गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिश्रले आर्थिक विकास र समृद्धिको विषयमा र भ्रष्टचारको विषयमा आफुहरु जस्तो सशक्त आवाज कुनै पार्टीले नउठाएकोले एजेण्डका हिसाबले आफ्नो पार्टी पहिलो पार्टी भएको दाबी गरेका हुन्।
उनले भने “प्राविधिक रुपमा हामी पाचौं पार्टी भए पनि राजनीति रुपमा हामी तेस्रो पार्टी हौं, एजेण्डा उठाउने हिसाबले हामी पहिलो पार्टी हौं । ” संयोजक मिश्रले प्रदेश ३ र गण्डकी प्रदेशमा तेस्रो ठुलो पार्टी भएको जिकिर गरे । उनले भने “यहाँ भ्रष्टचारको विरुद्धमा शानदार रुपमा कुनचाहि पार्टीले आवाज उठाउन सक्छ, भ्रष्टचार बिरुद्धको आवाज उठायर अख्तियार र सम्पत्ति सुद्धिकरण विभागमा निष्पक्ष र क्षमतावान मान्छे नियुक्त हुनु पर्छ, जसले नियुक्ति गर्ने मान्छेलाई नै जेल हाल्न सकोस भन्दै कुन चाही पार्टीले भन्न सक्छ ।” २०४६ साल पछि सवै उच्च पदस्थ राजनीतिककर्मी, प्रशासकहरु, अन्य नियुक्ति पाएका व्यक्तिहरुको सम्पक्ति छानविन हुनु पर्छ भनेर आफुहरुले आवाज उठाउदै आएको उनले जनाए ।
संयोजक मिश्रले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन केवल उपनिर्वाचन मात्र नभई प्रमुख दुई वटा दलहरु बिचको जनमत संग्रह भएको बताए । उनले भने “साझा पार्टीले सुरु गर्न लागेको देश रुपान्तरणको नयाँ राजनीति र आज सम्म यो देशलाई भ्रष्टता र असक्षमता मार्फत जुन किसिमको स्थितीमा राखियो यसले देशलाई निकास दिन सकेन, कास्कीमा हुने उपनिर्वाचन प्रमुख दुई दल बिचको जगमत संग्रह हो ।”
पोखरामा आउने नतिजाले देशलाई रुपान्तरिक बाटोमा लैजाने उनले बताए । उनले भने “ म फालनो पार्टीको २०/३० बर्ष देखि लागेको मेरो बाजे बराजु यो पार्टीमा लागेको भनेर चुनाव जित्न सकिदैन्, विभिन्न क्षेत्रमा लागेका तर राजनीतिबाट माथि उठेर पोखरेली जनताले भोट दिने छन्, यसले भविश्यका लागि धेरै कुराको निर्कियोल गर्ने छ । ” आफुहरुले कास्कीबाट नयाँ फेस व्यक्ति उठाउने तयारी गरेको उनले बताए । उनले भने “ कास्कीमा हामी एक जना फेस, जसले फेसनेस इमानदारी क्षमता परिवर्तको आभास दिन सकोस त्यस्तो व्यत्तिलाई हामी उमेदवार बनाउछौं ।”
पद्धती, पारदर्शी, इमानदारीता र उत्कृष्टता चार खम्बामा टेकेर यो देशको रुपान्तरणमा आफुहरु आएको संयोजक मिश्रले बताए । उनले भने “ विकास र समृद्धिको जुन दृष्टिकोणबाट हामी डेलिभर गर्नु भनेर आएका छौं, कुनै पनि सुसंस्कृत राजनीतिकका आधारभूत ४ खम्बा हुन्।” साझा पार्टी स्थापनाको साँढे २ बर्ष भए पनि ६/८ महिना देखि वास्तविक पार्टी संरचनामा अघि बढेको उनले बताए । ६ वटा प्रदेशमा प्रदेश संयोजक गठन भएको बताउदै उनले अब संगठन बिस्तारको क्रममा रहेको जनाए ।
निर्वाचित प्रतिनिधिलाई जनताले नचाहेमा पुनः फिर्ता बोलाउने र जनताले कुनै नो भोट गर्न पाउने अधिकार कायम गर्न आफुहरुले माग गर्दै आएको संयोजक मिश्रले बताए । पार्टी निर्माणको क्रममा हाल तदर्थ समिति भएकोले केही समय पछि अधिवेसन गर्ने उनले बताए । गण्डकी प्रदेश अन्तरगतका ११ वटै जिल्ला र स्थानिय निकायहरुमा संगठन विस्तार गर्ने तयारी शुरु गरिएको साझा पार्टी गण्डकी प्रदेशका संयोजक महेश भण्डारीले बताए ।