तनहुँमा माइक्रो र जिप एकापसमा ठक्कर खाँदा १५ जना घाइते

पोखरा न्यूज – ३०, भदौ । तनहुँमा सवारीसाधन दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

व्यास नगरपालिका-१ मुसेखोलामा दमौलीबाट काठमाण्डौतर्फ जाँदै गरेको ग १ ख ४०४४ नम्बरको माइक्रो र विपरीत दिशाबाट आँउदै गरेको ग २ च ५७४२ नम्बरको जिप एक आपसमा ठक्कर खाँदा माइक्रोमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई  उपचारको लागि ब्यास हस्पिटल दमौली पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए  ।

प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button