पोखरा दोबिल्लाको पुल र बस्ती संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्छ- मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज – ३०, भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका– १७ र २१ जोडने दोबिल्लास्थित फुस्रेखोलाले गरेको कटान क्षेत्रको आज निरीक्षण गरेका छन्  ।

फुस्रेखोलाको कटानका कारण सयमसमयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडकसहितको बस्तीको मुख्यमन्त्री गुरुङले सोमबार निरीक्षण गर्नुभएको हो ।

केही वर्षयता वर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोबिल्ला पुल नजिकै तटबन्ध गरी नियन्त्रणको प्रयास गरिएको छ । अवलोकनका क्रममा स्थानीय बासिन्दा र सरोकारवालसँग अन्तक्र्रिया गर्दै मुख्यमन्त्री गुरुङले पुल र बस्तीको संरक्षणका लागि प्रदेश सरकारको  तर्फवाट  आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

सेती नदी र फुस्रेखोलाको सङ्गमस्थलका रुपमा रहेको दोबिल्ला क्षेत्रको संरक्षण गरी जोखिम न्यूनीकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्बन्धित निकायबाट तदारुकता देखाउनुपर्ने स्थानीयवासीले मुख्यमन्त्रीसँग माग राखेका थिए ।

दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लबद्धारा सञ्चालित सहारा एकेडेमीलगायतका विभिन्न सङ्घ संस्थासहित ठूलो बस्ती र जग्गासमेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले जानकारी दिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button