पोखराको सहारा एकेडेमीलाई २० लाख भन्दा बढी आर्थिक सहयोग गर्ने मुख्यमन्त्री गुरुङको उद्घोष

दीननाथ बराल, पोखरा न्यूज -३०, भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सहारा एकेडेमीलाई चालु आर्थिक बर्षमा २० देखि ३० लाख रुपैयासम्म आर्थिक सहयोग गर्ने उद्घोष गरेका छन्।

सहारा क्लवको २१ औं बार्षिक साधारण सभा एवं ११ औं अधिवेशनको सोमबार सहारा एकेडेमीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सहारा एकेडेमी संचालनमा हाल कठिनाई परेकोले त्यसको जिम्मा प्रदेशले लिने बताउर्दै यस बर्ष २० देखि ३० लाख रुपैया आर्थिक सहयोग गर्ने उद्घोष गरेका हुन्।

क्लवले यस बर्ष आहा रारा गोल्ड कपबाट १ लाख ४९ हजार मात्र बचत भएको र सो रकमले  सहारा एकेडेमी संचालन गर्न कठिन हुने  जानकारी गराएसंगै सहारा एकेडेमी पहिलो पटक अवलोकन गरेका मुख्यमन्त्री गुरुङले राज्यको दायित्व क्लवले निर्वाह गरेको भन्दै यस बर्ष आर्थिक संकट नपर्ने गरी एकेडेमीमा सहयोग गर्ने वचन दिएका हुन्।

एस.ओ.एस हर्मन माइनरमा प्रदेश सरकारले चालु आर्थिक बर्षमा ७५ लाख रुपैया शैक्षिक गुणस्तरको लागि आर्थिक सहयोग गर्ने भएको मुख्यमन्त्री गुरुङले जनाए । देशमा अधिकांश ठाउँमा राजनीति हुदा त्रिभुवन विश्वबिद्यालय, पोखरा विश्वबिद्यालयमा अनुसासन हिनता र  अस्तव्यस्त हुने गरेको दाबी गर्दै मुखयमन्त्री गुरुङले प्रदेश सरकारले अब राजनीतिक दलहरुबाट मुक्त हुने गरी विश्वबिद्यालय खोल्ने तयारी गरेको जनाए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले सहारा एकेडेमीमा हाल निर्माण भएको फुटवल मैदानको लागि थप २० मिटर जग्गा आवश्यक भएकोले त्यसको लागि मुख्यमन्त्रीले पहल गर्न आग्रह गरे । सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न राखेप तथा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहारा क्लवको प्रसंसा गरेका थिए । सहारा यू.के.का महासचिव धनु थकालीले सहारा क्लवको भातृ संस्थाको रुमपा आफुहरु रहेदेखि सन् २००८ देखि क्लवको हरेक सामाजिक कार्यमा  आफुहरुले साथ र सहयोग गर्दै आएको दाबी गरे ।

सहारा एकेडेमीमा हाल १६ जिल्लाका २४ जना वालकहरु रहेको क्लबले  जनाएको छ  । २०५५ मास्थापना भएको क्लवले २०५८ साल देखि एकेडेमी संचालन गर्दै आएको छ  ।

क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) क्लवका महासचिव विश्वराज बराल लगायतले बोलेका थिए ।

यसैबिच, सहारा एकेडेमीको खेल मैदानमा १८ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१८ ) को नेपाली राष्ट्रिय टिमले प्रशिक्षण गरेको थियो । उक्त टोलीलाई मुख्य मन्त्री गुरुङले भेटघाट गरी नेपाली टिमको सफलताको कामन गरेका थिए । साथै कार्यक्रममा नेपाली टोलीलाई खादा लगायर बिधाई समेत गरिएको छ । नेपाली टोलीले पोखरामा विजयपुर व्यारेकको खेल मैदान र सहारा एकेडेमीको मैदानमा ८ दिन प्रशिक्षण गरेको हो ।

त्यसैगरी, यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नागरिक राष्ट्रिय दैनिकमा आवद्ध सन्देश श्रेष्ठ पुरस्कृत भएका छन्। मुख्य मन्त्री गुरुङले सम्मानपत्रको साथमा दोसल्ला ओढाई फुल मालाले श्रेष्ठलाई सम्मान गरेका हुन्। उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको छ । उक्त अवसरमा क्लवका सदस्य शान्ता केसी उत्कृष्ट बर्ष सदस्यबाट सम्मानित भएकीछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button