सहारा क्लब पोखराको अध्यक्षमा पुनःथापा

दीननाथ बराल, पोखरा न्यूज-  ३०, भदौ । सहारा क्लब पोखराको सोमबार साँझ सम्पन्न  २१ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट पुनः केशबबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । थापाको  अध्यक्षमा आगामी दुई बर्षीय कार्यकालको लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन, सहकोषाध्यक्षमा विनु राना मगर चयन भएका हुन् । यस अघि बराल उपाध्यक्षमा रहेका थिए भने अधिकारी सचिबमा रहेका थिए ।  विनु यस अघि सदस्यमा थिइन ।

त्यसैगरी सदस्यहरुमा पनुः रोजिना गुरुङ, पुनः तिलकबहादुर अधिकारी, पुनःज्योति केसी, पुनः सन्दीप सुवेदी, पुनः गंगाराज पौडेल र बिष्णु कार्की सर्वसम्वत रुपमा चयन भएका हुन । सुनिल राना मगर र बिष्णु कार्की  कार्यसमितिमा नयाँ अनुहार हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button