कास्कीमा पहिरोले २ घरमा क्षति, १ जना घाइते

पोखरा न्यूज – ३१, भदौ । कास्कीमा अबिरल बर्षाको कारण पहिरो जाँदा  २ घरमा क्षति पुगेको छ ।  पहिरोका कारण १ जना घाइते भएका छन् ।

सोमबार राति कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकमा वर्षाको कारण पहिरो आई घर पछाडीको गाह्रो भत्कदाँ एक जना घाइते भएको प्रहरीले जनाएको छ । गाह्रो भत्कदाँ घर धनी ४५ बर्षीय  सागर क्षेत्री घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

क्षेत्रीलाई  उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा पठाएइको प्रहरीले जनाएको छ ।

त्यसैगरी  सोमबार राति नै  कास्कीको अन्नपूर्ण गाउँपालिका – ४ प्रेम बस्तिमा घरको पछाडिको बारिको कान्ला भत्किदा चेतनाथ सुबेदीको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button