फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासियो

पोखरा न्यूज – ३१, भदौ । पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ ।

गएराति परेको ठुलो बर्षातका कारण पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको हो  ।

सो क्षेत्रमा करिब ५० मिटर  सडक भासिएछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जसो सडक भासिएर खस्ने अवस्थामा पुगेको छ ।

गएराति नै  भासिएको स्थानमा  कुनै संकेत वा  रोक क्षेक नगर्दा  सो क्षेत्रमा सडक दुर्घटनाको उच्च जोखिम समेत रहेको छ ।

सोहि भासिएको स्थान नजिकै केहि   समय अघि करिब १० मिटर जसो भाग पहिरो गएको र  त्यसलाई समेत  मर्मत सम्हार नगरेको भन्दै  स्थानियले गुनासो गरे।

 

तस्बिर : दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button