प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसकेको वक्ताहरुको गुनासो

दीननाथ बराल, पोखरा न्यूज- ३१, भदौ । गण्डकी प्रदेश सरकारले स्वरोजगार र युवा लक्षित हुने गरी प्रभावकारी  कार्यक्रमहरु ल्याउन नसकेको मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन्।

समता फाउन्डेसनको आयोजनामा मंगलबार पोखरामा भएको वैदेशिक रोजगारीको समस्या र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले प्रदेश सरकारले यहाँका युवाहरुलाई स्वदेशमा बस्ने गरी युवा लक्षित कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका हुन्।

कार्यक्रममा सहभागि प्रदीप पराजुलीले राज्यले युवा शक्तिलाई उचित स्वरोजगारको अवसर प्रदान गर्न नसक्दा दक्ष जनशक्ति विदेशीएको बताए । राज्यले बर्षेनी लाखौं युवालाई नेपालबाट लखेट्ने गरेको उनले आरोप लगाए । इन्सेक पोखराका प्रमुख शिव खकुरेलले प्रदेश सरकारले उद्योग तथा व्यवसाय प्रबद्र्धनमा तथा युवाहरुलाई रोजगार दिलाउने खासै कुनै कार्यक्रम दिन नसकेको दाबी गरे । प्रदेश सरकारले विकासको नाममा बाटो भत्काउने काम गरेको उनको आरोप थियो ।

श्रम कार्यालय पोखराका छन्दनारायण श्रेष्ठले गत बर्ष पोखरामा  स्थापना भएको करिब ६ महिनाको अवधिमै १० हजार जनाले पूर्ण श्रम स्विकृत लिएको जनाए । उनका अनुसार हाल दैनिक जसो ५० देखि ६० जनाले पूर्ण श्रम स्विकृती लिने गरेका छन्।

समि परियोजनाका माया गुरुङले कास्कीमा व्यक्तिगत ठगिका धेरै घटनताहरु हुने गरेको बताइन। एसियन फोरमका निरज थापाले विदेशबाट स्वदेश आएर  कृषि क्षेत्रमा लगानी गरेका व्यक्तिहरुलाई  राज्यले उचित रेखदेख गर्न नसकेको गुनासो गरे ।

वैदेशीक रोजगारमा आफ्नो श्रीमान गुमाएकी रुक माया परियारले मलिन अनुहारमा आफ्ना श्रीमान विदेशमा रोजागरको शिलशिलामा दुर्घटनामा परी मुत्यु भएकोले आफुलाई रोजगारको आवश्यकता रहेको बताइन । आफ्ना  २ जना बालबच्चा भएको र तिनीहरुको रेखदेख गर्न  आफुलाई  रोजगार उपलब्ध गराउन राज्यसंग परियारले माग गरिन्।

गण्डकी प्रदेशका भूमि व्यबस्था कृषि तथा सहकारी विकास मन्त्री लेख बहादुर थापाले वक्ताहरुले दिएको सुझावलाई मनन गर्दै आगामी कार्यक्रममा सकेसम्म सम्बोधन गर्ने बताए । समाजमा बर्गीय, जातिय, लैङगिक उत्पिडन भएकोले राज्यले देशमा रोजगारका अवसरहरु प्राप्त मात्र जुटाउन नसक्दा विदेश जाने परिपाटीलाई तत्काल रोक्न नसक्ने बताए ।

प्रदेशमा करिब २५ लाख जनताहरु मध्य ५ घर परिवार भएकोले ५ लाख जनतालाई कम्तिमा रोजगार आवश्यक भएको उनको भनाई थियो । बार्षिक २ हजार ५ सय अमेरिकी डलर कमाउने गरी प्रदेशमा उत्पादनशिल क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पुराउन मन्त्री पुनले आग्रह गरे ।

नेपाल वार एशोसियसनका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र थापा मगरले रोजगारको लागि विदेश जादा श्रम संझौता गरेको ३ महिना भित्र विदेश पठाउनु पर्ने अन्यथा एक महिना भित्र २० प्रतिशत उक्त रकममा थप गरी फर्काउनु पर्ने प्रावधानलाई हाल खासै कार्यान्वयन नभएको बताए ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले प्लेनमा  सौचालय नै गर्न नजान्नेहरु पनि विदेश जादा उनीहरुलाई विदेशमा काम गर्न धेरै कठिनाई हुने गरेको दाबी गरे । विलासिताले निम्त्याएको डिप्रेसनका कारण आत्महत्या गर्नेको सङख्यामा बृद्धि भएको एसपी कार्कीले बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले वैदेशीक रोजगारको ठुलो समस्या भएकोले यसको समाधानको लागि आयोग गठन गर्नुपर्ने बताए ।

फाउण्डेसनका अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button