पोखरामा भौतिक संरचना निर्माणमा जापानीज टोलीको चासो

दीननाथ बराल,  पोखरा न्यूज- १, असोज । गण्डकी प्रदेशको राजधानि पोखरामा भौतिक संरचना निर्माणमा जापानीज टोलीले चासो देखाएका छन्। केही दिन अघि नेपाल आएको जापानी टोलीले मंगलबार पोखरामा गण्डकी प्रदेश सरकारका मन्त्री, सांसद सहितको टोलीसंग छलफल कार्यक्रममा सहभागि हुदै पोखराको दिगो विकासमा आवश्यक पर्ने भौतिक संरचना निर्माणमा आफुहरु तयार रहेको जनाएका थिए ।

प्यासिफिक कर्पोरेशन लिमिटेडका निर्देशक राजन कुमार पौडेलको नेतृत्वमा पोखरा आएको टोलीले पोखरामा मोनोरेल, ट्राफिक लाइट, आकासे पुल, ढल तथा नाला लगायतको बिषयमा दिगो रुपमा संचालन हुने गरी भौतिक संरचना निर्माण गर्ने बिषयमा समेत आफुहरु तयार रहेको बताएका थिए । प्रदेशको राजधानि पोखराको विकास निर्माणमा जापानीज कुनै कम्पनीको आवश्यक सहयोग परेमा आफुहरुले प्राविधिक रुपमा समेत सहयोग गर्न तयार रहेको निर्देशक पौडेलले जनाए ।

जापान सरकारको ओडिए र जाइकाको अनुदानमा काम गर्ने कम्पनीहरु मध्यको एक प्यासिफिक कर्पोरेशन लिमिटेड हो । त्यसैगरी प्यासिफिक सहित चुजी होल्डिङस लि., जी होल्डिङ टेक्नोलोजी लि., जापान सोलार एण्ड रि-कन्स्ट्रक्सन लि. र वारकिले कर्पोरेशनले नेपालका विभिन्न ठाउँमा केही काम समेत गरेको प्यासिफिकका निर्देशक पौडेलले बताए । टोलीमा पौडेल सहित हिराइ मासाआकी, याएगासी यूसुके, उरुसीजावा यूकी, ओहोरी थोरु, थाकायामा युमी, चुजी थोसीनोबु, सुजुकी खाइदे, कोमाचु एजी लगायतका रहेका छन्।

प्रदेश सांसद कृष्ण थापाले पोखरामा धेरै बर्ष अघि बनेका बाटो बाहेक खासै थप पूर्वाधार निर्माण हुन नसकेको गुनासो गरे । पोखराको सौन्दर्यतालाई ख्याल गर्दै दिगो रुपमा संचालन हुने गरी पोखरामा धेरै भौतिक संरचना निर्माणको खाँचो भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button