पोखराको फेवातालमा माछा मार्दै गर्दा तालमा डुब्दा १ जनाको मृत्यु

दीननाथ बराल, पोखरा न्यूज -१, असोज । पोखराको ड्यामसाइड स्थित फेवातालमा किनारमा माछा मार्दै गरेका एक जनाको  तालमा डुबेर मृत्यु भएको छ ।

बुधबार दिउसो  करिब ३ः३० बजे तिर माछा मार्दै गरेका अन्दाजी ४२ बर्षीय  पुरुष एक्कासी तालमा डुब्न पुग्दा उनको केही समयमै मुत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

मृतक पुरुषको हालसम्म परिचय खुल्न नसकेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डी.एस.पी. कोमल शाहले बताए । उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको डीएसपी कोमल शाहले जनाए ।

मंगोलियन अनुहार भएका उक्त पुरुषको शव  जिन्सको पाइन्ट, आकासे रंगको ज्याकेट लगाएको अबस्थामा  प्रहरीले तालबाट निकालेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button