पदमार्ग सडकमा परिणत भएसँगै लमजुङ बाहुन डाँडाका होटल व्यवसायी विकल्प खोज्दै

दीननाथ बराल, लमजुङ – १, असोज । विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण वेसक्याम्पमा पैदल यात्रा गर्दै जाने धेरै पर्यटकहरु कास्की, लजमुङ लगायतका जिल्लाका धेरै ट्रेकिङ् रुटबाट जाने गर्थे, जसले गर्दा धेरै गाउँ ठाउँका जनताहरु लाभान्वित भएका थिए । पछिल्लो समयमा अन्नपूर्ण वेसक्याम्पको धेरै पदमार्गहरु सडकमा परिणत भएसंगै पदमार्गमा पर्ने होटल सहितका अन्य व्यवसायहरु चल्न मुस्किल पर्न थालेका छन्।

ती मध्यको एक हो लमजुङको मस्र्याङदी गाउँपालिका ६ बाहुन डाँडाको पर्यटन व्यवसाय । स्थानिय होटल व्यवसायी यति वेला पर्यटकहरु आउछन की भन्दै पर्ख र हेरको अबस्थामा रहेकाछन्। अन्नपूर्ण वेस क्याम्पको ट्रेकिङ् रुटमा पर्ने उक्त क्षेत्रको विकल्पमा हाल खुदी सिउरुङ हुदै स्याङे निस्कने रुट खोलेसंगै पाहुनडाँडाका होटल व्यवसायीहरु संकटमा पर्न थालेको स्थानिय होटल व्यवसायीहरुको गुनासो गरेका हुन्। भुलभुलेबाट ताग्रिन हुदै सिधै मनाङ जाने सडक बाटो खुल्नु नै आफुहरुको लागि अविसाप भएकोे स्थानियले जनाए ।

बाहुन डाँडामा रहेका ६ वटा होटलहरु मध्य तिव्वतियन होटल बन्द भएको स्थानिय होटल व्यवसायी बालचन्द्र घिमिरेले बताए । माउन्टेन भ्यूका संचालक समेत रहेका घिमिरेले २०४९ साल देखि उक्त होटल संचालन गर्दै आउने क्रममा हाल पर्यटकहरु नआउदा आफुहरुको व्यवसाय नै संकटनमा परेको गुनासो गरे । १२ वटा रुम रहेको बताएका उनले हाल पर्यटकहरु विकल्पमा अन्य ठाउँबाट अन्नपूर्ण वेस क्याम्प जाने/आउने गरेकोले पहिलाको राम्रोसंग चलेको बाहुन डाँडमा विगत केही बर्ष ५/७ बर्ष देखि पर्यटक आगमनमा गिरावट आउन थालेको घिमिरेले जनाए ।

उनले भने “ पहिला पोखरा, चितवन र काठमाण्डौंबाट पर्यटकहरु बाहुनडाँडा हुदै अन्नपूर्ण वेस क्याम्प जाने गरेकोमा पछिल्लो केही बर्ष देखि जथभावी रुपमा सडक खुल्यो त्यसबाट पुराना ट्रेकिङको बाटोमा पर्ने होटल सहितका अन्य व्यवसाय मर्कामा परेकाछन्। ” पर्यटक आगमन नभएकोले हाल आफुहरुले कुनै कर्मचारी पनि नराखि पर्यटक पुनः आउछनकी भन्दै पर्ख र हेरको अबस्थामा रहेको उनले गुनासो गरे । उनका अनुसार केही बर्ष पहिला दैनिक एक सयको हाराहारीमा पर्यटकहरु जाने ठाउँमा हाल दैनिक १० जना पर्यटक पनि नपुग्ने उनले गुनासो गरे ।

वेसीशहरदेखि करिब १९ किलोमिटर टाडाको दुरीमा पर्ने बाहुनडाँडामा बाँकी करिब ७ किलोमिटर दुरी अर्खलेवेसीबाट थाकनवेशीसम्म पिच मात्र गर्न सकेको खण्डमा बाहुन डाँडाको पर्यटन प्रबद्र्धन गर्ने घिमिरेले दाबी गरे । मुस्किलले गत बर्ष एक सयको हाराहारीमा पर्यटकहरु आएको उनले जनाए । हाल जेन तेन चलाइएका होटलमा समेत अस्वस्थ प्रतिष्प्रर्धाले गर्दा अर्को समस्या रहेको घिमिरेले जनाए । उक्त क्षेत्रमा होटलको रुमको ४ सय र सादा खानाको समेत ४ सय रुपैया शुल्कः लिने गरेका छन्।

होटल नर्थ पोलका संचालक रविन घिमिरेका अनुसार बाहुन डाँडामा रहेका ६ वटा होटलले एकै रातमा एक सय जनालाई ब्याबस्थापन गर्न सक्छन्। करिब ६० वटा रुम रहेको बताउदै उनले हाल होटल बुकिङमा करिब ८० प्रतिशतले गिरावट आएको गुनासो गरे । आफ्नो होटलमा ५ रुम भए पनि १२ जनालाई ब्यबस्थापन गर्न सकिने बताउदै रविनले होटल व्यवसायको विकल्प खोज्न थालेको जनाए ।

घिमिरे समुदायको उदगम  स्थल र राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्थलो समेत भएकोले बाहुनडाँडा पर्यटकीय तथा ऐतिहासिक र संस्कृतिक रुपमा पनि निकै महत्व रहेको उनले जनाए । उनले भने “ करिब १५ बर्ष आफ्नै गाउँ ठाउँमा केही व्यवसाय गरेर बसियो अब पर्यटक आगमन प्रायः शुन्य जस्तै भएको छ, अब विकल्प खोज्ने क्रममा भएको सम्पति नै बिक्रि गर्ने पक्षमा छु । ”

वेसीशहरबाट जिपमा एक घण्टाको दुरीमा पर्ने बाहुनडाँडामा पछिल्लो समयमा अलैचिखेति तर्फ कृषकहरु आकर्षित हुन थालेकाछन्। पुरानो कृषि पेशाबाट खासै आम्दानी नहुने हुँदा केही स्थानिय अलैचि खेती तर्फ लागेको रविनले बताए । समुद्रि सतहबाट १ हजार ३ सय १० मिटर उचाईमा रहेको उक्त क्षेत्रमा रहेको बस्ती नै हाल पर्यटकहरु आगमनमा कमी आएसंगै विस्थापित हुन थालेको स्थानिय योङ स्टार क्लवका पवित्र गुरुङले बताए ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङको जिल्ला भएर पनि आफुहरुको व्यवसाय प्रति मुख्य मन्त्रीले खासै चासो नदिएको व्यवसायीहरुको गुनासो छ । मस्र्याङदी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लिला प्रसाद घलेले जमानचौर, घुर्मु हुदै बाहुन डाँडासम्मको क्षेत्रमा पिच गर्ने बिषयमा केही बर्ष पहिले नै डिपिआर समेत तयार भएकोले त्यसमा मस्र्याङदी गाउँपालिकाले यस बर्ष पनि बजेट नपारेकोले बाहुन डाँडासम्मको पिड सडक निर्माण गर्न नसकिएको जनाए ।

भुलभुलेबाट  ताग्रिन हुदै मनाङ जोडिने सडक बाटो हुनुले बाहुन डाँडामा पर्यटकहरु जादा कोल्टो बाटो पर्ने भएकोले गर्दा पद मार्गमा हिड्ने पर्यटकहरु मात्र जाने गरेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button