सागको कुनै पनि जिम्मेवारी सम्हाल्न सहारा क्लव पोखरा तयार

दीननाथ बराल, पोखरा न्यूज- १, असोज । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले सहारा क्लब पोखराको ११ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केशबबहादुर थापा सहितको टोलीलाई बधाई ज्ञापन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको संयोजनमा समितिले बुधबार जिल्ला खेलकुद विकास समितिको सभाहल (पोखरा रंगशाला) मा नयाँ कार्यसमितिलाई स्वागत गर्दै बधाई ज्ञापन गरेको हो ।

राखेपका सदस्य राजेश कुमार गुरुङ, क्षेत्रिय समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, समितिका निर्देशक बिद्या मर्सानी लगायतको टोलीले क्लवका अध्यक्ष सहितको टोलीलाई माला लगायर दुई बर्षीय कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका हुन्।

क्षेत्रिय समितिका निर्देशक बिद्या मर्सानीले सहारा क्लवको टोलीलाई इतिहासमै  पहिलो पटक रंगशालामा बधाई ज्ञापन गरिएको बताए । क्लवका संस्थापक अध्यक्ष बसन्त थकालीले सहारा क्लवको २१ बर्षको इतिहासमा पहिलो पटक समितिले क्लवलाई स्वागत तथा बधाई ज्ञापन गर्ने परिपाटीको संस्कार विकास गरेकोमा खुसि ब्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले खेलकुदको सर्वोच्च निकाय राखेप, जिल्ला र क्षेत्रिय खेलकुद विकास समितिलाई अभिभावकत्वको रुपमा आफुहरुले मान्दै आएको अबस्थामा यसपाली क्लवलाई बधाई ज्ञापन गरेसंगै दोहोरो माया हुने विश्वास व्यक्त गरे । सहारा क्लवले हरेक बर्ष बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नविकरण समेत गर्दै आएको उनले जनाए ।

क्लवका अध्यक्ष केशबहादुर थापाले आउदै गरेको साग अन्र्तगत कुनै पनि जिम्मेवार बहन गर्न क्लव तयार रहेको बताए । उनले भने “ हामी फुटवल खेलसंग बढी जनिक छौं, सकभर फुटवल खेलसम्बन्धि कुनै प्रकारको जिम्मा दिएमा त्यसलाई हामीले सफलता पूर्वक जिम्मेवारी वहन गर्न तयार छौं । ”

राखेप सदस्य गुरुङले फुटवल र सामाजिक कार्यमा अघि बढेको क्लवको नयाँ पदाधिकारीहरुलाई थप हौसला प्रदान गर्न समितिमा बधाई ज्ञापन कार्यक्रमको शुरुवात गरिएको बताए । दुबै समितिको पदाधिकारी रिक्त भएको अबस्थामा उनले आगामी दिनमा आउने समितिले राम्रो काम गर्ने कुनै पनि संघ संस्थालाई समन्वय गरी अघि बढ्न सुझाव दिए ।

पोखरामा हुने १३ औं साग मा सहारा एकेडेमीको मैदान प्रशिक्षणको लागि प्रयोग गर्न सकिने उनले जनाए । एकेडेमीको फुटवल मैदान थप बिस्तार गर्न सेतीनदी किनाराबाट २० मिटर आवश्यक भएकोले त्यसको लागि आफ्नो तर्फबाट पहल गर्ने जनाए ।

यसैबिच, पोखरामा निर्माण हुदै गरेको पोखरा फुटवल स्टुडिएमको राखेप सदस्य गुरुङ, क्लवका पदाधिकारी सहितको टोलीले अवलोकन समेत गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button