कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोका कारण २ करोडभन्दा बढीको क्षति

पोखरा न्यूज- ०२, असोज । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ३ दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ ।

गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६ को लुम्लेका साथै वडा नं १०, ११ लगायतका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति बनाएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

लगातारको बाढीका कारण फूल खेल्दै गरेको धानमा समेत ठूलो नोक्सान पु¥याएको जानकारी दिँदै उनले गाउँपालिका क्षेत्रभित्रका झण्डै २ सय भन्दा बढी घरमा क्षति पुगेपछि कतिपय स्थानीयवासी घर नै छाड्न बाध्य बनेको बताए । उनका अनुसार घरहरूमा रु २ करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।

बाढीपीडित सर्वसाधारणलाई गाउँपालिकाबाट गर्न सकिने सहयोगमा कमी नहुने बताउँदै अध्यक्ष कुँवरले राहत, उद्धार तथा सहयोगका लागि सबैसँग आह्वान गरेका छन्।

वर्षातको  समयमा पानी नपरेका कारण अधिकांश खेत बाँझिएका अवस्थामा आएको बेमौसमी पानीले फुल्दै गरेको धानमा क्षति पु¥याएपछि कृषक थप चिन्तित बनेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button