पोखरा ट्रेड मलमा दशै तिहार उत्सव, मोटरसाइकलको साथमा डोको भरी उपहार !

दीननाथ बराल, पोखरा न्यूज- ०२, असोज । नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा पोखरा ट्रेड
मलले यस बर्ष पनि उपभोक्ताहरुलाई लक्षित हुने गरी विभिन्न उपहार योजना ल्याएको छ ।

यही असोज ५ देखि आउदो मंसिर ४ गतेसम्म लागु हुुने गरी पोखरा ट्रेड मलमा सामान खरिद गर्दा उपभोक्तालाई उपहार योजना लागु हुने भएको बिहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

हरेक १५ दिनमा ५० हजार ज्याकपट उपहार एक जनालाई प्रदान गरिने छ भने थप दुई जनालाई डोको भरी उपहार प्रदान गरिने भएको दशै तिहार उत्सव २०७६ व्यवस्थापन समिति का अध्यक्ष नवराज त्रिपाठीले बताए । पोखरा ट्रेड मल भित्र नुन देखि सुनसम्मका दैनिक उपभोग्य बस्तुहरु समेत उपलब्ध भएकाले आम उपभोक्ताहरुसँग दशै पर्वको शुभकामना साटसाट गर्न पनि उक्त उपहार योजना
ल्याइएको उनले बताए ।

उनका अनुसार उक्त योजना अन्तर्गत बम्पर उपहारमा यामाहाको एफ.जेट.एस. १५० सि.सि. मोटरसाइकलको साथमा ५ जनलाई
डोकोभरी उपहार प्रदान गरिने भएको अध्यक्ष त्रिपाठीले जनाए । उक्त उपहार योजनामा सहभागि हुन न्युनतम ५ सय रुपैयाको सामान खरिद गर्दा एउटा कुपन, २ हजारको सामान खरिद गर्दा ३ वटा कुपन र ५ हजारको सामान खरिद गर्दा १० वटा कुपन प्रदान गरिने भएको अध्यक्ष त्रिपाठीले जनाए ।

१० वटा कुपनहरु मलको काउण्टरमा जम्मा गरे पछि १५ दिनसम्म जम्मा भएका कुपनको आधारमा ज्याकपट कुपनहरु मध्यबाट एक जनालाई ५० हजार सम्मको नगद तथा सपिङ भौचरको उपहार प्रदान गरिने छ भने थप दुई जनालाई भाग्यशाली पुरस्कार स्वरुप
डोकोभरी उपहार प्रदान गनिरे भएको हो । डोकोभरी उपहारमा  समितिले विभिन्न प्रकारका मायाको चिनोले डोको भर्ने भएको छ ।

२०७२ असोज २६ गते देखि संचालनमा आएको उक्त मलमा हाल ५ सय ३ वटा सटरमा २ सय ५० विभिन्न व्यवसायीक प्रतिष्ठानहरु रहेको पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रा.लि.का निर्देशक मिनराज काफ्लेले बताए । उनका अनुसार समग्र १० महिनामा हुने व्यापार दशैं तिहार पर्वको अवसरमै हुने हुदा उपभोक्ताहरुलाई थप मनोरन्जन र खुसि साटसाट् गर्न पनि उपहार योजना ल्याएको हो ।

केही व्यवसायीहरुले आम उपभोत्तालाई केही थप छुटको समेत व्यबस्था गरेको बताउदै निर्देशक काफ्लेले मलले बार्षिक ७ लाख भन्दा उपहार योजनामा खर्चिने भएको जनाए । व्यवसायी र मलको गरी बर्षमा करिब १९ लाखसम्म बजार प्रबद्र्धनमा खर्च गरिने भएको उनले जनाए ।

आगामी ५ बर्ष भित्र एकै प्रकृतिका बस्तु तथा सामानहरु एक ठाउँमा पाउने गरी आफुहरुले गृहकार्य सुरु गरिएको निर्देशक काफ्लेले जनाए । मलका अध्यक्ष एवं गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले पोखरामा ब्यबस्थित पार्किङ सहितको विभिन्न ब्राण्डेड तथा दैनिक उपभोग्य बस्तु पाइने भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button