चलचित्र ‘जिउँदो’ को प्रचारमुलक गीत सार्वजनिक

पोखरा न्यूज- ०२, असोज ।  नेपालसहित भारतका थुप्रै कलाकार र प्राविधिकहरु समावेश गरि निर्माण भएको चलचित्र ‘जीउँदो’ को प्रचार मुलक गीत रमाइलो ‘चौतारी’ सार्वजनिक गरिएको छ ।

काठमाडौं, बिर्तामोड, धरान साथै भारतको सिक्किम, दार्जिलिङ, खर्साङ्ग, साल्बारी, कालिम्पोङ्ग, मिरिक, जयगाउँ, कोलकातालगायतका भागको कलाकार समेटेर नौलो प्रयास गरिएको चलचित्र टिमले दाबी गरेको छ । दुवै देशका उत्कृष्ट प्रतिभाहरु छनौट गरेर बनाइएकाले चलचित्र विशेष बनेको पनि टिमले जनाएको छ ।

टिमको प्रयासलाई साहित्य, कला र मनोरन्जन क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूले प्रशंसा गरेका पनि टिमले बताएको छ। सार्वजनिक गरिएको प्रमोशनल भिडियो ‘रमाइलो चौतारी’ ले दर्शकलाई चलचित्रका चरित्रहरु आकाश तथा उनको प्रेम ‘रुचि’ जोली र पूजासँग परिचय गराउँदछ।

त्यस्तै गीतले दर्शकलाई रिलजीवनको विभिन्न आयामसँग साक्षात गराउँदै जीवनयात्रामा भेटिने भिन्न भिन्न प्रवृतिका मान्छे र तिनले जिन्दगीमा पार्ने प्रभाव प्रस्तुत गर्न खोजेको छ । प्राकृतिक सौन्दर्यको रसस्वादन गराउँदै सङ्गीत र कलाको उत्कृष्ट संयोजनले भिडियो आमदर्शकलाई प्रभावित पार्ने बनेको छ ।

पारसमणी राईको आवाज, समीर शर्माको सङ्गीत र शब्द, दिपेन बस्नेतको कोरियोग्राफी रहेको गीतमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, दिपिका प्रसाईं, योजना गुरुङ, रेस्मी देवकोटा र आल्मिस्ट सुब्बालाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा बिरबल सुब्बा, कोइलिङ लेप्चे युको पनि मुख्य भुमिका रहेको जनाइएको छ । रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको चलचित्रको निर्देशन भने आल्मिस्ट सुब्बाले गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button