मौसम सङ्कटले विश्वभर महामारी बन्दै डेङ्गी

पोखरा न्यूज- ०२, भदौ । डेङ्गी ज्वरोको महामारी एसिया महादेश भरी नै फैलिदो छ । नेपाल, बङ्गलादेश, सिङ्गापुर, श्रीलंका, कम्बोडिया, लाओस, मलेसिया, थाइल्यान्ड र भियतनाममा डेङ्गीको संक्रमण र मृत्युका कैयौं घटना रिपोर्ट भएका छन् ।

फिलिपिन्समा यस वर्ष मात्रै ११०७ जनाको डेङ्गीबाट मृत्यु भैसकेको छ भने साढे दुई लाख जनामा डेङ्गी देखिएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै फिलिपिन्समा डेङ्गी महामारी घोषणा गरिएको छ । त्यस्तै बङ्गलादेशमा पनि डेङ्गीले ५७ जनाको ज्यान लिइसकेको छ । नेपालमा पनि हजारौको संख्यामा  डेङ्गीबाट  १० भन्दा बढीको मृत्यु भैसकेको छ ।

डेङ्गी गर्मी र ओसिलो भेगमा वर्षाका बेला देखा पर्ने अनि लामखुट्टेको टोकाइबाट सर्ने सिजनल रोग हो । मौसम परिवर्तनसँगै लम्बिदोँ वर्षा सिजनले डेङ्गी सार्ने लामखुट्टेको संक्रमण पनि लामो समयसम्म लम्बिएको छ । यसले डेङ्गी सार्ने लामखुट्टेको पोथीलाई अन्डा पार्ने निकै अनुकुल वातावरणसमेत सिर्जना गरेको छ । वैज्ञानिकका अनुसार मौसम परिवर्तन र लामखुट्टेबाट सर्ने रोगबीच उल्लेख्य सम्बन्ध रहेको थुप्रै सोधहरु पुष्टि गरेको छ ।

बढ्दो तापक्रमले लामखुट्टेको जीवन चक्र लम्ब्याउने तथा प्रजननमा समेत सहयोग गर्ने पनि वैज्ञानिकले बताएका छन् । व्यापक सहरीकरणले पनि डेङ्गीका लामखुट्टे अनुकुल अवस्थाको विकास गरेको वैज्ञानिकहरुले जनाएका छन् । एल निनो मौसम प्रणालीले पनि तापक्रम बढाउने भएकाले दक्षिण एसियामा डेङ्गी अझ व्यापक बनेको हो ।

त्यस्तै अपर्याप्त र तम्तयार नभएको स्वास्थ सेवाले पनि नेपाल जस्ता अविकसित राष्ट्रमा डेङ्गी रोगको समस्या झनै विकराल बनेको छ । एडिस पोथी जातको लामखुट्टेको टोकाईले सर्ने डेङ्गु ९ देश हुँदै हाल १०० भन्दा बढी देशका जनसंख्यालाई प्रभावित बनाइसकेको छ । डेङ्गी फैलाउने लामखुट्टेले जाइका, चिकुनगुनिया, एल्लो फेभर लगायत रोग पनि सार्ने भएकाले एडिस लामखुट्टेलाई अझ खतरनाक मानिएको छ ।

डेङ्गीको लक्षणका रुपमा टाउको दुखाई, मांसपेशीमा पीडा, ज्वरो र दाग मुख्य रुपमा मानिन्छ । अन्त्यन्तै जटिल अवस्थामा भने रक्तस्राव, आघात, अर्ग्यान फेलर हुँदै डेङ्गीले मृत्युसम्म पनि निम्त्याउन सक्छ ।

उपचारका लागि विश्वसनीय खोपको अभाव हुनाले डेङ्गीको संक्रमण रोक्ने मुख्य उपाय ठूलो मात्रामा लामखुट्टे मार्ने कीटनाशकको प्रयोग नै भएको विज्ञहरुले बताएका छन् । तर लामखुट्टेमा प्रतिरोधी क्षमता विकास भएसँगै कीटनाशकको प्रयोगको समेत प्रभावकारिता कम हुँदै गएको विज्ञहरुको बुझाइ छ । डेङ्गीलगायत लामखुट्टेले सार्ने रोग विरुद्ध काम गर्न सुरु गरिएको गैरनाफामुलक संस्था “वर्ल्ड मस्किटो प्रोग्राम” ले यसै विषय मध्यनजर गर्दै वोल्बाचिया नाम गरेको कार्यक्रम सार्वजनिक गरेको छ जसमा प्राकृतिक ब्याक्टेरियाको प्रयोगमार्फत लामखुट्टेको डेङ्गी फैलाउने क्षमता कम गराउँछ ।

यस्ता आधुनिक कार्यक्रम नेपाल जस्तो अविकसित देशमा आउन लामै समय लाग्ने भएकाले डेङ्गी नियन्त्रणमा सरकारको महत्त्वपूर्ण भुमिका रहनेछ । जनचेतनामुलक कार्यक्रम र उपलब्ध स्रोत साधनको उचित उपयोग नै डेङ्गी नियन्त्रणका लागि नेपालमा प्रभावकारी उपाय बन्न सक्छ ।

पोखरा न्यूजद्वारा CNN बाट  नेपालीमा अनुवाद गरिएको

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button