एप्पलको आईओएस् १३ सार्वजनिक, यस्ता छन् नयाँ विशेषता

सुब्रत ढकाल, पोखरा न्यूज- ०३, असोज । विश्व प्रसिद्ध अमेरिकी मोबाइल निर्माता एप्पलले आफ्नो पछिल्लो अपरेटिङ सिस्टम आईओएस् १३ सार्वजनिक गरेको छ ।

आइफोन ६ एस् भन्दा पछिल्ला आइफोनहरुमा अपग्रेड हुने यस अपरेटिङ सिस्टमले आइफोन प्रयोगकर्ताहरुलाई बिल्कुलै नौलो फिचर र सेटिङ्गहरुको अनुभव दिने एप्पलले दाबी गरेको छ ।

आईओएस् १३ का ५ नयाँ विशेषता :-

१. एप्पलको लो डाटा मोड- आईओएस् १३ मा अत्यधिक मोबाइल डाटालाई नियन्त्रण गर्न लो डाटा मोड सार्वजनिक गरिएको छ । यसले एप्पल प्रयोगकर्तालाई एप्पलको एक मुख्य समस्या अत्यधिक डाटाको खपतबाट मुक्ती दिलाउने विश्वास लिइएको छ ।

२. डार्क मोड र लाइट मोड-  यस आइओएस् १३ को सबैभन्दा मुख्य विशेषता डार्क मोड हो जसले प्रयोगकर्तालाई प्रकाशको अनुपात अनुसार स्वचालित रुपमा डार्क मोड र लाइट मोडमा स्विच गर्न मद्द्त गर्छ ।

. एप्पल साइन इन सुविधा- यस अपरेटिङ सिस्टममा पहिले गुगल र फेसबुक आइडीमार्फत साइन इन गर्न सकिने वेबसाईटहरुमा अब एप्पल आई डीबाट पनि साइन गर्न सकिने व्यवस्था गरिएको छ ।

. अफलाइन फाइन्ड माई डिभाइस फिचर- अब आइफोन हराएमा वा चोरी भएमा फाइन्ड माई आइफोनमार्फत डिभाइस अफलाइन भए पनि पत्ता लगाउन सकिने भएको छ । रेजिष्टर्ड र यो फिचर अन गरिएका फोनहरुमा अब ब्लुटुथ मेस नेट्वर्क प्रविधिले यसलाई सम्भव तुल्याएको हो ।

५. कन्ट्रोल सेन्टर मार्फत वाईफाई नेटवर्कको छनोट- अब वाईफाई नेटवर्क छनोट गर्न आइफोनमा सेटिङ्गसम्म जान नपर्ने भएको छ । अब कन्ट्रोल सेन्टरमार्फत नै आफ्नो नेट्वर्क छनोट गर्न सकिनेछ ।

यसका अलावा आईओएस् १३ मा किबोर्डमा स्वाइप टाइप, क्यामेराको पोर्ट्रेट मोडमा नयाँ हाइ (कि लाइट सुटिङ मोड, गेस्चरबाटै कट, कपी र पेष्ट, एक महिनालाई एप्पल आर्केड फ्री, सुधारिएको एप्पल म्याप लगायतका विशेषताहरु पनि थपिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button